११ माघ २०८१

‘नाकाबन्दीले कतार कमजोर होइन, झन् बलियो’

२४ जेष्ठ २०७५, बिहीबार १०:३१ मा प्रकाशित

एजेन्सी / दोहा

कतारका विदेशमन्त्री मोहम्मद विन अब्दुल्लाह रहमान अल थानीले आफ्ना विरुद्धमा छिमेकी देशले नाकाबन्दी लगाएर संकट सिर्जना गर्न खोजेपनि कतार कमजोर नभएको बरु झन बलियो भएको बताएका छन् ।

 

खाडी राष्ट्र कतारविरुद्ध साउदी अरब, यूएई, बहराइन, इजिप्टलगायतका छिमेकी देशले नाकाबन्दी गरेको एक वर्ष पुगेको छ । यसलाई खाडी क्षेत्रमा पछिल्लो केही समयदेखिको सबैभन्दा ठूलो कूटनीतिक संकटका रूपमा हेरिएको छ । गत वर्षको ५ जुनदेखि कतारमाथि नाकाबन्दी सुरु भएको हो । यसबीचमा छिमेकीले सबै कूटनीतिक सम्बन्ध तोड्नुका साथै हवाई र स्थलमार्गबाट सामान आयातनिर्यातमा पनि प्रतिबन्ध लगाइएको छ । कतार संकटको वर्ष दिन पुगेको अवसरमा थानीले भने, ‘नाकाबन्दीको क्रम अहिले पनि जारी नै छ, हाम्रो आन्तरिक बल, सम्बन्ध र आर्थिक विकासका क्षेत्रमा कुनै पनि कमी आएको छैन ।’

खाडी क्षेत्रको तनाव साउदी अरबको नेतृत्वमा सिर्जना गरिएको थियो । कतारमाथि भएको नाकाबन्दीमा बहराइन, इजिप्ट र युनाइटेट अरब इमिरेटस् (यूएई) ले साथ दिएका थिए । विदेशमन्त्री थानीले ५ जुनको स्मरण गर्दै आÏनो ट्वीटर अकाउन्टमा लेखेका छन्, ‘कतारमाथि काल्पनिक रूपमा दोषारोपण गरिएको वर्ष दिन पुगेको छ तर पनि यहाँका नागरिक थाकेका वा गलेका छैनन् बरु अरू सशक्त बनेका छन् ।’

कतारमाथि उसले ‘आतंकवाद’लाई सहयोग पु¥याएको आरोप छ । त्यसैगरी, उसले इरानसँग आवश्यकभन्दा पनि बढी मात्रामा नजिकिएर काम गरेको आरोप अरू खाडी छिमेकी देशको छ । नाकाबन्दी लगाएका मुलुकले कतारलाई लगाएका आरोपको उसले खण्डन गरेको छ । कतारले सबै आरोप काल्पनिक र भ्रामक रहेकाले पुष्टि पनि हुन नसकेको बताएको हो ।

छिमेकी देशले कतारसँगको स्थल र जल नाका अहिलेसम्म पनि बन्द गरेका छन् भने हवाई सेवा बन्द गरेका छन् । कतारका हवाईजहाज अरू देशको आकाशमा उड्न प्रतिबन्ध लगाइएको छ भने अरू देशले पनि कतारको आकाशमा उडाएका छैनन् । त्यसैगरी, पछिल्लो समयमा त कतारका नागरिकलाई आफ्नो देशबाट निकाला पनि गरेका छन् । साउदी अरबले कतारको अलजजिरा टेलिभिजन च्यानलको रियाद ब्युरो कार्यालय बन्द गरिदिएको छ ।

साउदीसहितका राष्ट्रले कतारसँग अलजजिरा च्यानल बन्द गर्नुपर्ने माग राखेको थियो । त्यसैगरी, इरानसँगको सम्बन्धलाई महŒव दिन नहुने, कतारमा रहेको टर्कीको सैनिक शिविर बन्द गर्नुपर्ने सर्त पनि ती देशले राखेका थिए । ती सबै माग पूरा गर्न उनीहरूले कतारलाई १० दिनको समय दिए पनि कतारले माग पूरा गर्न नसक्ने अडान राखेको थियो ।

वार्ताको आह्वान

यसैबीच, विदेशमन्त्री थानीले कतार उहिलेदेखि र अहिले पनि ती छिमेकीसँग शान्तिपूर्ण रूपमा वार्ता गर्न तयार रहेको भन्दै वार्ताका लागि आह्वान पनि गरेका छन् । उनले ट्वीटर अकाउन्टमा आÏना छिमेकी देशसँग वार्ताका लागि कतारले जहिले पनि ढोका खुलै राखेको बताएका छन् । उनले भनेका छन्, ‘हामीले कहिल्यै वार्तालाई इन्कार गरेनौं र अहिले पनि जुनसुकै समयमा वार्ता गर्न तयार छौं ।’ कतार संकटको समाधानका लागि वार्ताका माध्यमका लागि अर्काे खाडी देश कुवेतले पनि प्रयास जारी नै राखेको थियो । गत सेप्टेम्बर महिनामा पनि वार्ताका लागि तयारी गरिएको थियो ।

कतार विषयमा वार्ताका लागि कुवेत र अमेरिकाले मध्यस्थताको प्रयास गरेका थिए तर त्यो समयमा पनि वार्ता सम्भव हुन सकेन । त्यसपछि खासै प्रभावकारी रूपमा पहल नभएका बताइएको छ । सन् २०१८ को अप्रिलमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारका राजालाई भेटेर नाकाबन्दीका बारेमा समाधान निकाल्न आग्रह गरेका थिए । कतारमाथि गरिएको यस नाकाबन्दीका बारेमा संयुक्त राष्ट्रसंघमा पनि छलफल भएको थियो । राष्ट्रसंघले पनि कूटनीतिक समाधानका लागि दुवै पक्षलाई आह्वान ग¥यो । तर, त्यो आह्वानबमोजिम वार्ता हुन सकिरहेको छैन ।

कतारमाथिको यस नाकाबन्दीलाई मानवीय संकट भन्दै धेरै देशले विरोध गरेका छन् । कतारमाथि गरिएको नाकाबन्दीले आÏनो देशको सार्वभौमिकतामाथि नै धावा बोलिएको भन्दै कतारले संयुक्त राष्ट्रसंघमा पनि उजुरी गरेको थियो ।

तपाईंको प्रतिकृयाहरू

अन्तराष्ट्रिय समाचार

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter