१३ फागुन २०८१

चन्दाबाट एम्बुलेन्स खरीद

२२ जेष्ठ २०७५, मंगलवार १२:११ मा प्रकाशित

चौतारा, २२ जेठ (रासस) ः सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– १३ ठूलो सिरुबारीका बासिन्दाले फेसबुकमार्फत चन्दा संकलन गरी एम्बुलेन्स खरिद गरेका छन् ।

सदरमुकामबाट १९ किमीको दूरीमा रहेका सो वडाका बासिन्दा बिरामी परेमा साधनको अभावमा समयमै अस्पताल पुग्न नसकी उपचारबाट वञ्चित रहनुपरेको स्थिति थियो ।

साविक ठूलो सिरुबारी गाविस हँुदा नै दुई वर्षअघि प्रत्येक घरधुरीबाट रु ५०० का दरले उठेको रु छ लाख मौज्दात थियो । फेसबुकमार्फत संकलित रु सात लाख ५० हजार, नगरपालिकाबाट प्राप्त अनुदान रु दुई लाख र वडाबाट रु एक लाख गरी कूल रु १६ लाख संकलन भएकामारु १२ लाख ५३ हजारमा एम्बुलेन्स खरिद गरिएको छ । बाँकी रकम चालकको तलब, इन्धन तथा मर्मतका लागि खर्च गरिने वडाध्यक्ष रामप्रसाद गौतमले जानकारी दिनुभयो ।

सो एम्बुलेन्सको भाडा अन्यका लागि जिल्ला अस्पतालले निर्धारण गरेअनुसार र वडावासीलाई भने ५ प्रतिशत छुट दिइने वडाध्यक्ष गौतमले बताउभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter