०३ माघ २०८१

लालपूर्जा नभएकाहरुलाई घर बनाउने सुविधा दिनुपर्ने माग

२२ जेष्ठ २०७५, मंगलवार ११:३७ मा प्रकाशित

हेटौँडा, २२ जेठ (रासस) ः प्रदेश नं ३  प्रदेशसभाको आजको बैठकमा यही जेठ १८ गते प्रदेश सरकारले आव २०७५÷७६ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथिको छलफल शुरु भएको छ ।

बैठकमा नेकपाका रामेश्वर फुयाँलले राष्ट्रिय गौरवका आयोजनाहरुलाई प्राथमिकता दिनुपर्ने, काठमाडौँमा सडक व्यवस्थापन गर्नुपर्ने, १३ वटै जिल्लामा खानेपानीको सुविधा पु¥याउनुपर्ने र भूकम्पपीडित भएका तर लालपूर्जा नभई घर बनाउन नपाएकाहरुलाई वैकल्पिक उपायद्वारा घर बनाउने अवस्था मिलाउनुपर्ने माग गर्नुभयो ।
नेपाली काँग्रेसका प्रभात तामाङले कृषिलाई आधुनिकीकरण गर्नुपर्ने, दुर्गम स्थानमा खानेपानी सुविधा पु¥याउनुपर्ने लगायत सुझाव दिनुभयो । नीति तथा कार्यक्रममाथि आज र भोलि छलफल हुनेछ । उक्त छलफलमा भाग लिन प्रदेशसभाका ४४ सदस्यले नाम लेखाइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । जेठ २४ गते बस्ने प्रदेशसभाको बैठकमा नीति कार्यक्रममाथि प्रदेशसभाका सदस्यले उठाउनुभएका जिज्ञासा र सुझावको मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिने प्रदेशसभा सचिवालयका प्रमुख सचिव भरतबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

यसैगरी प्रदेशसभाको आकस्मिक कोष स्थापनासम्बन्धी विधेयक, २०७५ र मुख्य न्यायाधिवक्ताको सेवा सुविधासम्बन्धी विधेयक २०७५बारे पाँच समितिमा दफावार छलफल चलिरहेको प्रदेशसभा सचिवालयका उपसचिव मोहन निरौलाले बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter