१० माघ २०८१

जनआकांक्षा पूरा गर्न पार्टी एकताः अध्यक्ष प्रचण्ड

२० जेष्ठ २०७५, आईतवार २१:३९ मा प्रकाशित

पोखरा, २० जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको समृद्धि र विकासको आकांक्षा पूरा गर्न पार्टी एकता भएको बताउनुभएको छ ।

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको आज कास्कीको घान्द्रुकमा आयोजित समापन समारोहमा उहाँले राजनीतिक क्रान्तिमा सात दशक बितेको बताउँदै अबको समय विकास र समृद्धिका लागि भएको उल्लेख गर्नुभयो ।

निर्वाचन अघि पार्टी एकता गर्ने उद्घोष गरिएकामा त्यसलाई कार्यान्वयनमा ल्याइसकिएको बताउँदै उहाँले आगामी दिन विकास र समृद्धिका लागि लगाइने बताउनुभयो ।

अन्नपूर्ण क्षेत्र पर्यटकीय रुपमा विश्वव्यापी नै चर्चा कमाएको क्षेत्र भएको बताउँदै उहाँले पछिल्लो समयमा आन्तरिक पर्यटकको वृद्धि पनि उत्साहजनक रुपमा अघि बढेको उल्लेख गर्नुभयो ।

अन्नपूर्ण आधार शिविरतर्फ जाने पदमार्गको स्तरोन्नति, होटेलको संख्या विस्तार, स्वामित्व ग्रहणलगायत विषयमा विद्यमान समस्यालाई सम्बन्धित मन्त्रालयमार्फत समाधानका लागि पहल गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

देशको विकास अब नयाँगतिका साथ अघि बढ्ने धारणा राख्दै प्रचण्डले आगामी एक दशकमा विकासले फड्को मार्ने गरी काम अघि बढाइने बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter