कैलाली, २० जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य भीमबहादुर रावलले देशलाई समृद्धि र शान्तिको बाटोतर्फ अगाडि लैजान नेकपाको काँधमा महत्वपूर्ण जिम्मेवारी आएको बताउनुभएको छ ।
आज धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले नेपाली जनताको चाहना, आकांक्षा र राष्ट्रिय आवश्यकतातर्फ देशलाई मार्ग निर्देशन गर्न नेकपाले महत्वपूर्ण अवसर प्राप्त गरेको बताउनुभयो ।
नेता रावलले भन्नुभयो, “विगतका घोषणापत्र र नेपाली जनताका आकांक्षालाई सर्वोपरि राखेर देशको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता, स्वाभिमान र सामाजिक सद्भावसहितको राष्ट्रिय एकतालाई अगाडि बढाउन पार्टीको संकल्प छ ।”
देशमा संघीय गणतन्त्र स्थापना भइसकेपछि अब फेरि कसैले पनि हिंसाको बाटो लिनुपर्ने आवश्यकता नभएको उहाँले बताउनुभयो ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू