१८ चैत २०८१

कुलमान समर्थक र प्रहरीबीच नयाँ बानेश्वरमा धकेलाधकेल

११ चैत्र २०८१, मंगलवार १७:५० मा प्रकाशित

काठमाडौँ – सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएपछि चौतर्फी विरोध भएको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई बर्खास्त गरेको थियो। सरकारको उक्त निर्णयको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ।

मंगलबार दिउँसो माइतीघर मण्डलामा ‘लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन’ प्रदर्शन भएको हो। माइतीघरबाट सुरु भएको स्वतन्त्र युवाहरूको विरोध र्‍याली नयाँ बानेश्वरसम्म पुगेको हो। प्रदर्शनमा समर्थन जनाउन पूर्वमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ पनि पुगेकी थिइन्।

नयाँ बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेलसमेत भएको छ। प्रदर्शनकारीहरूले प्रहरीले लगाएको काँडेतार धकेलेर अगाडि बढ्न खोज्दा तनाव सिर्जना भएको हो।

तपाईंको प्रतिकृयाहरू

ब्रेकिङ न्युज

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter