कपिलवस्तु- मिति २०८१।१२।१० गते राति ९:०० बजे कपिलवस्तु जिल्लाको यशोधरा गांउ पालिका वडा नं ४ मौजा पोखरभिटवामा संचालित मदरसा नुरुल उलोमको सालाना अन्जुमन (वार्षिक उत्सव) भव्य रुपमा सम्पन्न भयो।
कार्यक्रमको अध्यक्ष त्यसै मदरसाको व्यवस्थापन समिति अध्यक्ष श्री मुन्शी रफीउल्लाह साहब हुनुहुन्थ्यो भने कार्यक्रमको प्रमुख अतिथी हुदा माेडल हायर सेकेण्डरी इंग्लिश बोर्डिङ स्कुलको मैनेजिंग डाइरेक्टर एवम मर्कज इमाम अहमद बिन हंबल तथा कुल्लिया सोफिया लिलबनात (गर्लस कलेज) को प्रमुख श्री अब्दुल मतीन खान र विशिष्ट अतिथि कुल्लिया बदरियाको संस्थापक अध्यक्ष मौलाना मोहम्मद अतहर मदनी र अतिथि हरुमा वडा नं. ५ को वडा अध्यक्ष श्री जुबेर अहमद मुसलमान, वडा नं. ८ को वडा अध्यक्ष श्री शहाबुद्दीन मुसलमान, समाजसेवी। श्री हरम शरीफ, अब्दुल मन्नान,रोशन मुसलमान, हनुमान पाण्डेय, सिद्धेश्वर पाण्डेय (सोचई) बृजेश कुमार पाण्डेय लगायत वि. व्य.स. का पुर्व अध्यक्षहरुको मुख्य उपस्थिति थियो।
१००० भन्दा बढि महिला र पुरुषको भव्य उपस्थितिमा ५५ विद्यार्थी हरुले उर्दू तकरीर, इंग्लिश स्पीच,नेपाली मन्तव्य लगायत ड्रामा आदि इत्यादि प्रस्तुत गरेका थिए भने कार्यक्रमको सन्चालनमा हजरत अली खान रहेको यस मदरसाको प्रिन्सिपल मास्टर अवनिश कुमार पाण्डेयले जानकारी दिनुभयो।
पाहुना हरुको सत्कार र उत्कृष्ट विद्यार्थी हरुलाई पुरस्कार दिने जिम्मेवारी खुर्शीद अहमद र अख्तर खान लगायतका युवा हरुले निर्वाह गर्नु भयो भने तौलिहवा अवस्थित शाह स्टेशनरीको प्रोप्राइटर इ. परवेज अहमद ज्युले विद्यार्थी हरुमा डायरी,कलम, टोपी, हैन्ड बेग लगायतका सामाग्रीहरु सहयोग स्वरुप प्रदान गर्नु भएकोमा मदरसा नुरुलउलुमले साहर्स धन्यवाद व्यक्त गरेको छ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू