०६ कात्तिक २०८१

युएई रेड क्रिसेन्टदुआरा नेपालमा बाढी र पहिरोबाट प्रभावित परिवारलाई मानवीय सहायता वितरण

१७ आश्विन २०८१, बिहीबार १९:५० मा प्रकाशित

काठमाडौं-युएई रेड क्रिसेन्टको प्रतिनिधिमण्डलले नेपालका विभिन्न गाउँ तथा जिल्लामा बाढी र पहिरोबाट प्रभावित परिवारलाई मानवीय सहायता वितरण गरेको छ । युएई रेड क्रिसेन्टले काठमाडौंस्थित संयुक्त अरब इमिरेट्सका दूतावासको सहयोग र समन्वय एवँ नेपाल सरकारका सम्बन्धित निकायको आवश्यक सहयोगमा मानवीय परियोजना कार्यान्वयन गरेको हो । सेप्टेम्बर महिनाभरिमा कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, कपिलवस्तु, मोरङ, सुनसरी, सप्तरी, महोत्तरी जिल्लाका विभिन्न गाउँमा प्रभावित परिवारको आवश्यकता अनुसार करिब २० हजार थोक खाद्यन, ७ हजार ३ सय मेडिकल किट र ४ हजार २ सय ३६ वटा तिरपाल वितरण गरिएको छ। भौगोलिक अवस्थिति, हिमाली भूभाग, जलवायु परिवर्तन र मौसमको उतारचढावका कारण नेपालले समय-समयमा भोग्नुपरेको सबै विपद् तथा विपत्तिमा युएई सरकार सधैं नेपालको साथमा रहन्छ । नेपाल सरकार र नेपाली जनतालाई युएई सरकारको निरन्तर सहयोग प्रशंसनीय छ र यो दुई देशबीचको सुमधुर मैत्री सम्बन्धको प्रमाण हो ।

स्रोतका अनुसार वितरण गरिएको बाढी र पहिरोबाट प्रभावित परिवारको लागि यो पहिलो चरणको सहायता हो र छिट्टै दोस्रो चरणको पनि सहायता आउने धेरै सम्भावना छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter