०९ माघ २०८१

संसदीय सुनुवाइ समितिको बैठक सोमबार, प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे निर्णय हुने

१२ श्रावण २०८१, शनिबार २०:३९ मा प्रकाशित

काठमाडौँ – संसदीय सुनुवाइ समितिको बैठक साउन १४ गते सोमबार बस्ने भएको छ।

निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानलाई आयुक्तमा अनुमोदन गर्ने कि नगर्ने भन्नेबारे निर्णय लिन बैठक बोलाइएको हो। बैठक सोमबार बिहान ११ बजे सिंहदरबारमा बस्ने समिति सचिव एवं संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

गत असार २ गते संवैधानिक परिषद्ले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो।  संवैधानिक परिषद्ले सिफारिस गरेपछि सुनुवाइ समितिले असार ७ गते १० दिनको समय दिएर उनीविरुद्ध कुनै उजुरी भए दर्ता गर्न आह्वान गरेको थियो।

उक्त समयमा प्रधानविरुद्ध आफ्नै कार्यालयमा कार्यरत महिलामाथि सन् २०१७ देखि २०२२ सम्म लगातार यौन हिंसा गरेको एउटै विषयका चारवटा उजुरी परेका थिए। समितिले असार १९ गते पीडित महिलालाई नै बोलाएर उजुरी र घटनाको बारेमा सोधपुछ गरेको थियो। पीडित महिलाले आफूमाथि प्रधानले यौन दुराचार गरेको प्रमाणसहित भनाइ राखेकी थिइन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter