शनिबार, १६ असार २०८१

नेपाल-भारत सीमामा परिचयपत्र लागू गरौं : सांसद सुब्बा

७ असार २०८१, बिहीबार १३:४४ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले नेपाल-भारत सीमामा परिचयपत्र लागू गर्न माग गरेकी छन् ।

बिहीबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।

‘नेपाल भारत खुला सीमा भएकै कारण सीमा क्षेत्रमा अपराध बढेको छ । केही दिनदेखि तराईका जिल्लामा गोली हानेर अनाहकमा मारेको छ । लागू पदार्थको दुरुपयोग भएको छ,’ उनले भनिन् ।

यस्तो समस्या रोकथाम गर्नका लागि सरकारको योजना के छ त्यसबारे जानकारी गराउन उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग माग गरिन् ।

साथै, तत्काल सरकारले सशस्त्र प्रहरीको संख्या थपेर भएपनि सीमा क्षेत्रमा निगरानी बढाउनुपर्ने बताइन् ।

‘तत्कालै काँडेतार र पक्की वाल लगाउन नसकिएला । सशस्त्र प्रहरीको संख्या बढाएर सीमा सुरक्षा गर्न आग्रह गर्दछु,’ उनले भनिन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter