शनिबार, १६ असार २०८१

युवा पुस्तामा निरासा मात्रै छाएको छः चित्रबहादुर केसी

७ असार २०८१, बिहीबार १३:३४ मा प्रकाशित

काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले मुलुकका नयाँ युवा पुस्तामा निरासा छाएको बताएका छन्। प्रतिनिधि सभा बैठकमा बुधवार विनियोजित बजेटको युवा तथा खेलकुद मन्त्रालयगत छलफलमा भाग लिँदै सांसद केसीले सदनमा आएका सासद पनि विद्यार्थीबाट भएर आएको भन्दै विद्यार्थी हुँदा नै राष्ट्रियता,लोकतन्त्र र गणतन्त्रको पक्षमा लढेको बताए।

उनले अहिलेका युवा विद्यार्थीले राजनीतिक, राष्ट्रियता र देशप्रति निराश रहेको बताए। उनले युवाहरुले विदेशभन्दा जानुको पछाडि अरु नदेख्नुको प्रमुख जिम्मेवार सांसद राजनीतिक नेनृत्व हुन आवश्वयक रहेको बताए।

उनले प्रमुख राजनीतिक नेतृत्वले मुलुकमा राजनीति राष्ट्र र जनताका लागि नगरेर आफू र आफ्नो परिवारको लागि राजनीति मात्रै गर्दाको परिणाम अहिले लाखौँ युवाले देश छाडेर गइरहेको बताए।

उनले भने,‘नेपालका नयाँ युवा पीडि अत्यन्तै निराश छ। सदनमा आएका सासद पनि विद्यार्थीबाट नै आएका हैनौं। विद्यार्थी हुँदा नै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रको पक्षमा लडेका हौ। अहिलेका नयाँ युवाहरुलाई सोध्नुस्। राजनीतिक,राष्ट्रियता र देशप्रति उनीहरु निराश छन्। युवाहरुले विदेश भन्दा जानुको पछाडि अरु नदेख्नुको प्रमुख जिम्मेवार सांसद हुनुपर्छ। हामीले राजनीति राष्ट्र र जनताको लागि गरेनौं। हामीले आफ्नो र परिवारको लागि राजनीति गरौं। त्यो परिणाम अहिले लाखौं लाख युवाहरुले देश छोडेर गइरहेका छन्। अहिलेको शिक्षा प्रणाली सुधार गर्न आवश्यक छ। बजेट नपरेका निर्वाचन क्षेत्र र जिल्लामा सांसदहरुले मुख देखाउन जान नसक्ने अवस्था सिर्जना भएको छ।’

उनले मुलुकको अहिलेको शिक्षा प्रणाली सुधार गर्न आवश्यक रहेको बताए। उनले बजेट नपरेका निर्वाचन क्षेत्र र जिल्लामा सांसदहरूले मुख देखाउन जान नसक्ने अवस्था सिर्जना भएको बताए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter