बुधबार, १३ असार २०८१

इजरायल-हमास युद्ध रोक्ने प्रस्ताव राष्ट्र संघबाट पारित,नेपालको मत पक्षमा

११ कार्तिक २०८०, शनिबार १३:१७ मा प्रकाशित

काठमाडौं-संयुक्त राष्ट्रसंघले इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित गरेको छ। संयुक्त राष्ट्र संघको महासभाले गाजामा तत्काल दिगो मानवीय युद्धविरामको माग गर्दै प्रस्ताव पारित गरेको हो।

युद्ध विरामको पक्षमा नेपालसहित १२० देशले मतदान गरेका छन। १४ देशले विपक्षमा मतदान गरेका छन्। ५४ देश भने मतदानमा सहभागी भएनन्।

बैठक अमेरिकाको न्यूयोर्कमा बसेको थियो। बैठकबाट युद्ध विराम गर्ने प्रस्ताव पारित भए पनि इजरायलले भने अस्वीकार गरेको छ।

बैठकमा इजरायलका राजदूत गिलाड एर्डनले चुप लागेर नबस्ने चेतावनीसमेत दिएका दिए। इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार भएको बताउँदै उनले हमासको अत्याचार सहेर नबस्ने बताएका हुन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter