१० माघ २०८१

मुस्लिम आयोग द्वारा नवनिर्वाचित सांसदहरुको सम्मान

१४ माघ २०७९, शनिबार ०७:१४ मा प्रकाशित

केयर खबर
मुस्लिम आयोगले नवनिर्वाचित संघीय तथा प्रदेश सभा सदस्यहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान तथा शुभकामना अर्पण गरेको छ । शुक्रवार जावलाखेल स्थित आयोजिग उक्त कार्यक्रममा मुस्लिम समुदायको संवैधानिक पहिचान बारे पनि अन्तरक्रिया भएकोछ। अन्तरक्रिया कार्यक्रममा मुस्लिम समुदायका संविधान सभा सदस्य , नेपाल सरकारका पुर्व सहसचिवहरु, नागरिक समाजका अगुवाहरु राजनैतिक पार्टीका प्रतिनिधिहरुले आ आफ्नो विचार प्रकट गरेका थिए।

हालै सम्पन्न भएको निर्वाचनमा संघीय प्रतिनिधि सभामा समानुपातिक बाट अब्दुल खान, सेराज अहमद फारुकी, आसिम शाह, कल्पना मियां, जुवेदा जागा र शहनाज रहमान गरी छ जना समानुपातिक तर्फबाट निर्वाचित भएका छन् भने राष्ट्रिय सभामा मोहम्मद खालिद सिद्दीकी एक जना छन् । त्यस्तै प्रदेश सभाहरुमा केहि संख्यामा मुस्लिम समुदायका सांसदहरु निर्वाचित भएका छन्।
कार्यक्रमको सञ्चालन आयोगका सदस्य मोहम्मदिन मियाले गरेका थिए भने स्वागत मन्तब्य मिर्जा अरशद वेगले गरेका थिए । त्यस्तै अर्का एकजना सदस्य शमशुल हक ले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई खादा ओढाएका थिए। साथै आयोगको तर्फबाट सबैलाई सम्मानपत्र पनि प्रदान गरिएको छ ।
कार्यक्रमका सभाध्यक्षता गरेका आयोगका अध्यक्ष शमीम मिया अन्सारीले सबैलाई बधाई तथा शुभकामना दिदै मुस्लिम समुदाय सँग प्रत्यक्ष सम्बन्धित रहेका विभिन्न एन नियम विधयेकहरु माथि सकारात्मक छलफल गर्नुका साथै सांसदमा समुदायको बलियो आवाज बनिदिन आग्रह समेत गरेका थिए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter