काठमाडौँ –मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि असोज २३ मा उम्मेदवारहरूको मनोनयन दर्ता गरिएको थियो।
निर्वाचन आयोगका अनुसार देशभरका मुख्य निर्वाचन अधिकृत कार्यालय र निर्वाचन अधिकृत कार्यालयमा मनोनयन दर्ता गरेका उम्मेदवारहरूको सबै विवरण प्राप्त भइसकेको छ।
प्रतिनिधि सभातर्फ प्रत्यक्षमा १६५ निर्वाचन क्षेत्रमा कूल दुई हजार पाँच सय २६ जनाले उम्मेदवारी दर्ता गरेका छन्। यीमध्ये पुरूष दुई हजार दुई सय ९१ र महिला दुई सय ३५ जनामात्रै छन्।
प्रदेश सभातर्फ प्रत्यक्षमा ३३० क्षेत्रमा गरी कूल तीन हजार चार सय ७६ जनाले उम्मेदवारी दर्ता गरेका छन्। आयोगका अनुसार पुरूष तीन हजार एक सय ७८ र महिला दुई सय ९७ जना तथा एक जना अन्यले उम्मेदवारी दर्ता गरेका छन्।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू