०९ माघ २०८१

साउदी दूतावासले काठमाडौंमा मनायाे ९२ औं राष्ट्रिय दिवस

८ आश्विन २०७९, शनिबार २०:२८ मा प्रकाशित

काठमाडौं-काठमाडौंस्थित साउदी अरबको दुतावासले ९२ औं राष्ट्रिय दिवस मनाएको छ। राजधानीको सोल्टी होटलमा आयोजित कार्यक्रमका प्रमुख अतिथी रहेका उप राष्ट्रपति नन्दबहादुर पुन र नेपालका लागि साउदी अरबका राजदुत साद बिन नासिर अबु हैम्दले केट काटेर शुभारम्भ गरेका थिए।

साउदी राजा अब्दुल्लाजिज बिन अब्दुल रहमान अल साउदले साउदी अरब अधिराज्यको एकीकरण र स्थापना गरेको दिनको रुपमा मनाउने गरिएको हो । तीस वर्षको एकीकरण अभियानपछि अल साउद सन् १९२७ मा राजा बनेका थिए भने सन् १९३२ सेप्टेम्बर २३ देशको नाम साउदी अरब घोषणा गरिएको थियो।

विश्वको १८ प्रतिशत पेट्रोलियम पदार्थको भण्डार रहेको साउदी अरब सबैभन्दा ठूलो तेल निर्यात गर्ने देश हो । पछिल्लो समय बैदेशिक रोजगारीमा जाने नेपाली कामदारका प्रमुख गन्तब्यको रुपमा साउदी अरब बन्ने गरेको छ। नेपालका करिब ५ लाख बासिन्दा साउदी अरबमा काम गर्दै आएका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter