काठमाडौँ – प्रतिनिधिसभाको बैठकको मंगलबार दिउँसो १ बजे बस्दैछ । बैठकको कार्यसूचि भने तय भइसकेको छैन । तर अमेरिकी सहयोग परियोजना एमसिसीबारे छलफल हुन सक्ने जनाइएको छ ।
त्यसअघि बिहान साढे ११ बजे प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने छ । कार्यसूचि तय गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले समितिको बैठक बोलाएका हुन् । सो बैठकमा एमसिसीबारे छलफल हुनेछ ।
गत हप्ता अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले नेपाललाई प्रस्तावित एमसिसी सम्झौता छिटो पारित गर्न आग्रह गरेको थियो ।
गएको मंगलबार अमेरिकाको राजधानी वासिङटन डिसीमा बसेको एमसिसी सञ्चालक समितिको बैठकले एमसिसी–नेपाल कम्प्याक्टको प्रगति विवरण लिँदै चाँडो अनुमोदन गर्न पुनः आग्रह गरेको थियो ।
एमसिसी सम्झौता संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ। एमसिसीलाई लिएर नेपालमा लगातार विरोध हुँदै आएको छ। अहिले जारी संसद अधिवेशनबाट एमसिसी पारित गर्ने तयारीमा सरकार रहेको दाबी गरिएको छ। तर दलहरुबीच अझैसम्म एमसिसीलाई लिएर सहमति जुटेको भने छैन।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू