१२ फागुन २०८१

माधव नेपालको आरोप-ओली कम्युनिष्टको नाममा कलंक हुन्

१३ भाद्र २०७८, आईतवार १५:०७ मा प्रकाशित

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले केपी ओली कम्यनिष्टको नाममा कलंक भएको आरोप लगाएका छन् ।

आइतबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपालले ओलीले आफैलाई सर्वेसर्वाको व्याख्या र त्यसैअनुसार आचारण अपनाएका कारण कम्युनिष्टहरु नै लज्जित हुनुपर्ने स्थित आएको आरोप लगाए ।

उनले भने, ‘ओलीले ओली विकृत प्रवृत्तिकै कारण नेकपा एकता विफल भयो । हाल आएर एमाले पनि विभाजन गर्नुपर्ने अवस्था आयो । उनी कम्युनिष्टका नाममा कलंक मात्रै हुन् । आफू प्रधानमन्त्री नहुने हो भने कुर्सी नै भाँचिदिने प्रवृत्ति उनमा देखियो ।’

नेपालले ओलीमा सत्ता मोह मात्रै रहेको र त्यसले उनको राजनीतिक जीवनमा क्षति पुर्‍याएको आरोपसमेत लगाए । साथै नेपालले आफ्ना केही नेताले बीचमै धोका दिएको पनि दाबी गरेका छन् ।

यसैबीच नेपाल आइतबार उनले गठन गरेको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेता बन्दैछन् ।

तपाईंको प्रतिकृयाहरू

ब्रेकिङ न्युज

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter