काठमाडौँ- काठमाडौं उपत्यकामा निजी सवारी साधन जोरबिजोर चल्न पाउने गरी निषेधाज्ञा थप गर्ने निर्णय तीनै जिल्लाका प्रजिअहरुले गरेका छन्। तीन जना चढ्न पाउने गरी ट्याक्सी पनि सञ्चालन गर्न दिने निर्णय पनि भएको छ।
असार ८ देखि निजी सवारी साधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय तीनै जिल्लाका प्रजिअहरुको बैठकले आइतबार साँझ गरेको हो। काठमाडौँका सिडिओ कालीप्रसाद पराजुलीले जोरबिजोर आधारमा निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय भएको जानकारी देशसञ्चारलाई दिए।
खाद्यान्न पसलको हकमा अघिल्लो निर्णय नै कायम रहेको र अन्य पसलको हकमा बारअनुसार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म खोल्न दिने निर्णय भएको छ। यसैगरि सरकारी कार्यालयहरु पनि खोल्ने निर्णय भएको छ।
पछिल्लोपटक थपिएको निषेधाज्ञाको अवधि सोमबार सकिँदै छ। कोरोना भाइरस महामारीको नियन्त्रण तथा रोकथामका लागि उपत्यकामा बैशाख १६ गतेदेखि लगातार निषेधाज्ञा भइरहेको छ।
सरकारले पछिल्लो एक सातादेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाएको छ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू