काठमाडौँ – काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थप भएको छ। उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आइतबार त्यस्तो निर्णय गरेको हो।
पछिल्लोपटक थपिएको निषेधाज्ञाको समय सोमबार सकिँदै छ।
काठमाडौँ उपत्यकामा गत वैशाख १६ गतेदेखि लगातार निषेधाज्ञा छ।
बैठकले अनलाइन डेलिभरी गर्न दिइने, खाद्यान्न पसलहरु बिहान ११ बजेसम्म खोल्न दिइनेलगायत निर्णय गरेको छ।
पुस्तक पसलहरु बिहान ११ बजेसम्म खोल्न पाइनेछन् भने हार्डवेयर पसल बेलुका ४ बजेपछि खोल्न दिने निर्णय पनि प्रजिअहरुले गरेका छन्।
त्यस्तै, रेस्टुरेन्टहरुबाट ‘टेक अबे’ गर्न पाउने निर्णय पनि प्रजिअहरुले गरेका छन्। त्यस्तै आवासीय कामदार राखेर व्यवसायहरु सञ्चालन गर्न पाउने निर्णय पनि भएको ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले जानकारी गराएका छन्।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू