काठमाडौँ – नेपाली युवालाई मलेसियामा बन्धक बनाइ रकम असुली गरेको आरोपमा एक जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङको सुन्दरपुर घर भई हाल मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेपाल कर्नर क्यान्टिन सञ्चालन गरी बस्ने ४४ वर्षीय डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठ रहेका छन्।
उनले आफ्नी श्रीमती र चालकको मिलेमतोमा मलेसियामा नै काम गर्ने दाङको पहरुवा बस्ने मध्म रैदासलाई अपहरण गरी सात दिनसम्म बन्धक बनाइ उनकी श्रीमतीसँग पटक–पटक गरी नेपालबाट झण्डै १६लाख रकम फिरौती बुझेको आरोप छ ।
डेभिडलाई नेपाल आएको समयमा काठमाडौँको कान्ति बाल अस्पताल नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मलेसियामा कार्यरत रैदासलाई डेभिडले बन्धक बनाई उनकी श्रीमतीलाई मलेसियाका विभिन्न नम्बरबाट फोन गरी रकम पठाउन अन्यथा मारिदिने धम्की दिएको उजुरी परेको थियो ।
फिरौती बापतको १५ लाख ९२ हजार रकम नेपालबाट पठाएपछि मात्रै अपहरित व्यक्तिलाई अपहरण मुक्त गरेको र निजको राहदानी आफ्नो कब्जामा लिई पीडितलाई नेपाल आउन समेत नदिई अघोषित रुपमा हालसम्म पनि बन्धक जस्तै बनाई राखेको उजुरी परेपछि अनुसन्धान थालिउको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू