कस्ले रक्तदान गर्न सक्छ्न ?
१. सामान्यतया १६ देखि ६० बर्स उमेर समूह का ब्यक्ति
२. ५० किलोग्रामभन्दा बढी तौल भएका ब्यक्ति
३. शारिरिक र मानसिक रुपमा स्वस्थ्य ब्यक्ती
४. नाडीको चाल ५०-१०० प्रतिमिनेट भएका, माथिल्लो प्रेसर (सिस्टोलिक) १००-१८० तथा तल्लो प्रेसर (डायास्टोलिक) ६०-१०० छ भने उच्च रक्तचापको औषधि खाइरहेका वा नखाएका जोसुकैले पनि रक्तदान गर्न सक्छन् ।
कस्ले रक्तदान गर्नु हुदैन ?
१ स्तनपान गराइरहेकी र गर्भबति महिला (गर्भपात भएको ६ महिना र सुत्केरी भएको १२ महिना सम्म)
२. मुटु सम्बन्धि रोग, क्यान्सर र अन्य यौनजन्य रोगीले
३. दीर्घकालीन मदिरापान गर्ने ब्यक्ति
४. पछिल्लो पटक रक्तदान गरेको पुरुषको लागि ९० दिन र महिलाहरुको लागि १२० दिन सम्म रक्तदान गर्नु हुन्न
५. ग्रोथ हर्मोन लिएकाहरुले र एन्टिबायोटिक सेवन गरिरहेका हरुले रक्तदान गर्नु हुँदैन
रक्तदान गर्नु अगाडी के गर्दा राम्रो हुन्छ ?
१. सागसब्जी बढी खाने
२. आइरन पाइने खानेकुरामा बढी जोड दिने
३. भिटामिन बी १२ युक्त खानेकुराको सेवन गर्ने
४. अनार रगतको राम्रो स्रोत भएकाले बढीभन्दा बढी अनारको सेवन गर्ने
५. अमला लगायतका भिटामिन सी युक्त खानेकुरा बढी खाने
रक्तदान गरेपछि के के गर्ने ?
#. २० मिनेट आराम गर्नुपर्छ ।
#. जुस, जीवन जल, पानी जस्ता तरल पदार्थ प्रसस्त पिउनुपर्छ
#. २४ घण्टा शारीरिक श्रम हुनेगरी गाह्रो काम गर्नु हुँदैन ।
केही पनि कुरा दान गर्नु आफैमा पुन्यको काम हो त्यो भन्दा पनि ठुलो कुरा हो रगत दान गर्नु र अरु कसैका जीवन बचाउनु हो । हाम्रो देश नेपालमा धेरै जसो बिरामीहरु रगत को अभाव मा मृत्युबरण गर्न पुग्द्छ्न । विशेष गरि अप्रेसन कक्ष, क्यान्सर बिरामी, सुत्केरी गराउदा, या कुनै सडक दुर्घटना मा परेर घाइते भएका बिरामीहरुको लागि रगत जरुरत पर्दछ । १८ बर्ष देखि ६० बर्ष सम्मको स्वास्थ महिलाले ४-४ महिनाको फरकमा रक्तदान गर्न सक्छन् । तपाईंको यो कार्यले एक जनाको जिन्दगी बाँच्नेछ भने तपाईं आफै पनि विभिन्न रोगहरु बाट बच्नु हुनेछ । रगत हाम्रो शरीरमा बग्ने तरल पदार्थ हो जस्मा रहेका रातो रक्तकोस १२० दिन, सेतो रक्तकोस २-१५ दिन र प्लेट्लेट्स ७-१४ दिनमा मरेर जान्छ र नयाँ केसिकाहरु बन्दै जान्छ्न । रक्तदान गर्दा रगतमा रहेका बिकार पदार्थहरु बाहिर निस्किने छन । नयाँ र स्वास्थ रगतहरु उत्पादन गर्नेछन । महिलाको हकमा रक्तदान गर्नको लागि रगतको हेमोग्लोबिन कम्तिमा १२.५ र महिनाबारी भयको कम्तिमा १ हप्ता भयको राम्रो मानिन्छ । त्यसैले महिला ससक्तिकरणको लागि केयर फाउन्डेसनद्वारा संचालन गर्न लागेको बृहत् महिला रक्तदान कार्यक्रममा सहभागी हुनको लागि तमाम दिदी बहिनीहरुलाई अनुरोध गर्दछु । महिला शसक्तिकरण र समाजिक कार्यमा महिला सहभागिता गराइ, महिलाको आत्मसम्मानका लागि उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रममा महिला दिदी बहिनीहरुको उल्लेख्य सहभागिताको लागि हार्दिक अनुरोध छ । कोरोना महामारीका बेला नेपालका धेरै अस्पतालमा रगतको अभाव भएको समाचारहरु बाहिरी रहेको हुँदा यस संकटको घडीमा रक्तदान गरेर आफू र अरुको जिन्दगी बचाउन हाम्रो योगदान अतुलनीय रहनेछ ।
त्यसैले महिला ससक्तिकरणको यो अभियानमा आउनुस आफ्नो रगत दान गरि सुरुवात गरौं, आफू पनि स्वस्थ रहौं र अरुको जीवन रक्षा निम्ति हामी पनि योगदान गरौं ।
रक्तदान जीवनदान ।
तपाईंको प्रतिकृयाहरू