काठमाडौँ- कीर्तिमानी आरोही आङरिता शेर्पाको बुधबार काठमाडौँमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
अक्सिजन बिनै १० पटकसम्म सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राखेका उनको शेर्पा समुदायको विधिअनुसार अन्त्येष्टि गरिएको छ ।
आङरिताको सोमबार बिहान १० बजे काठमाडौँको जोरपाटीमा रहेको आफ्नै निवास निधन भएको थियो।
उनको अन्त्येष्टि कार्यक्रममा विभिन्न नेता तथा उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले सरकारका तर्फबाट राष्ट्रिय झण्डा ओढाएका थिए।
कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं सांसद गगन कुमार थापाले शेर्पाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका थिए।
सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थियो।
सर्वोच्च शिखर सगरमाथा मात्रै नभई विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उनले पटकपटक आरोहण गरेका थिए।
सन् १९८३ देखि सगरमाथाको आरोहण सुरु गरेका शेर्पाले अन्तिम पटक सन् १९९६ मा विना अतिरिक्त अक्सिजन सगरमाथामा पाइला टेकेका थिए।
उनले सर्वोच्च शिखर सगरमाथा मात्रै नभइ विना अतिरिक्त अक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको पटक-पटक आरोहण गरेको थियो।
दुई दशकअघि कलेजोसम्बन्धी रोगबाट पीडित भएपछि पर्वतारोहण त्यागेका उनलाई चार वर्षअघि मस्तिष्क सम्बन्धि समस्या देखा परेको थियो ।
कीर्तिमानी पर्वतारोही भए पनि उपचारका लागि सरकारले सहयोग नगरेको उनको परिवारले गुनासो गर्दै आएको थियो।शेर्पा सन् १९४८ मा सोलुखुम्बुको यीलाजुङ गाउँको सामान्य परिवारमा जन्मिएका थिए।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू