कृष्णनगर- फरहान नूर
कपिलवस्तुको कृष्णनगरमा ३७ किलो चरेस बोकेर नेपाल आएका २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा सुटकेस र शरीरमा लुकाएर चरेस ल्याउँदै गरेका २ महिला पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय कृष्णनगरले जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।
पक्राउ पर्नेमा मकवानपुर मनहरि गाउँपालिका वडा नं ९ बस्ने वर्ष ४० की शान्ति तामाङ र साविक जिल्ला रोल्पा उवा गाविस वडा नं ५ घर भई हाल कपिलवस्तुको शिवराज ९ बानियाभर बस्ने वर्ष ३५ की वसन्ती घर्ती रहेका छन्।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू