काठमाडौँ – नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिँदै गर्दा संक्रमण ह्वात्तै बढेको छ। सोमबार मात्रै देशभर १ हजार १ सय ५४ जना नयाँ संक्रमितका थपिँदै गर्दा उपत्यकामा मात्रै ६ सय ७४ जना थपिएका छन्।
पछिल्लो समय थपिँदै गरेका नयाँ संक्रमित मध्ये आधा भन्दा बढी संक्रमित काठमाडौँ उपत्यकाका रहेका छन्।
स्वास्थ्य मन्त्रालयले सर्वजनिक गर्दै आएको पछिल्लो १० दिनको तथ्याङ्क हेर्ने हो भने १३ हजार ३ सय ५७ थपिएका नयाँ संक्रमितमध्ये ६ हजार ५ सय ८२ संक्रमित उपत्यकाका रहेका छन्।
यस्तै, भदौ ४ गते देशभर १ हजार ३ सय २५ जना नयाँ संक्रमित थपिएका थिए भने उपत्यकाका मात्रै ७ सय ६७ जना थिए। भदौ ३ गते १ हजार २ सय ४ जना नयाँ संक्रमित मध्ये ७ सय ११ जना काठमाडौँका थिए। कुल संक्रमित मध्ये आधा भन्दा धेरै संक्रमित उपत्यकामा भेटिएका थिए।
हालसम्म नेपालमा संक्रमितको संख्या ६५ हजार २ सया ७६ रहेको छ। संक्रमित भएका मध्ये संक्रमणमुक्त भएर घर फर्किनेको संख्या ४७ हजार २ सय ३८ पुगेको छ भने विभिन्न अस्पतालमा उचार भइरहेका सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ रहेको छ।
यस्तै सोमबारसम्म कोरोना भाइरस संक्रमणका कारण ४ सय २७ जनाले ज्यान गुमाइसकेका छन्।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू