काठमाडौं-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार २ सय १ जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ पुगेको हो।
यस्तै कोरोना भाइरसका कारण बुधबार थप एकजनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ९ पुगेको छ।
दोलखाका ७६ वर्षीय बृद्धको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार जानकारी दिए। उनी जेठ १३ गते काठमाडौँ मेडिकल कलेजमा भर्ना भएका थिए।
यस्तै बुधबार मात्रै १२जना कोरोना भाइरसबाट संक्रमण मुक्त भएका छन्।
यसका साथै प्रदेश-1 मा १ सय ८६ जना कोरोना संक्रमित छन् भने ८४ जना निको भएर घर फर्किएका छन्।
यस्तै प्रदेश-२मा ८ सय ५९ जना कोरोना संक्रमित छन् भने १ सय ९ जना निको भएका छन्। एकजनाले ज्यान गुमाएको छ।
त्यसैगरी बागमती प्रदेशमा ५९ जना कोरोना संक्रमित, ३१ जना संक्रमणमुक्त छन् भने तीनजनाले ज्यान गुमाएका छन्।
त्यसैगरी गण्डकी प्रदेशमा ३७ जना कोरोना संक्रमित पुगेको छ भने ३ जना संक्रमणमुक्त भएका छन्।
यस्तै कर्णाली प्रदेशमा कोरोना संक्रमतिको संख्या २ सय ६९ पुगेको छ भने एकजनाको मृत्यु भएको छ। सबैलाई क्वारेन्टाइनमा राखिएको छ।
त्यस्तै सुदूर पश्चिम प्रदेशमा ७८ जना कोरोना संक्रमित भएका छन् भने ७ जना कोरोनाबाट मुक्त भएका छन्। साथै एकजनाले कोरोनाबाट ज्यान गुमाएको छ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू