नेपाल बाट भारत कोरोना फैलाउन आएको आरोप लगाउदैँ भारत सरकार ले नेपाली मुस्लिम को जमात माथि मुद्दा चलाएको छ । दिल्ली को नरेला भनने ठाँउ मा ३३ जान नेपाली मुस्लिम लाई क्वारेन्टाइन मा राखिएको छ । त्यस क्वारेन्टाइन मा नेपाल का विभिन्न ठाउँ काठमाडौँ , गोरखा , बारा , रौतहट , पोखरा , उदयपुर का १२ वर्ष को बालक , बिधार्थी देखि लिएर ६३ वर्ष का वृद्ध सम्म हुनुहुन्छ । विराटनगर मा भएको इस्तमा सकेर उक्त टोली जमात भएर भारत तिर धर्म प्रचार को लागि र मुस्लिम समुदाय बिच आफ्नो धर्म लाई निरन्तरता दिन उक्त जमात निस्केको थियो ।
उक्त टोली भारत को विभिन्न ठाउँ कोलकाता , चेनई , तमिलनाडु भएर भारत को राजधानी दिल्ली सम्म पुगेको हो। भारत का विभिन्न ठाउँ मा वहा हरु ले जमात लिएर बसेको र जब वहाहरु ले थाहा पाए कि २२ तारिक बाट जनता कर्फ्यु हुन्छ भनेर त्यो बेला त्यै अबस्ता मा वहा हरु जसो तसो गरी , २३ तारिक को दिल्ली मर्कच मा पुगे किन का त्यो मार्च जमात मा गएको व्यक्ति हरु को लागी सेन्टर हो जुन देश बाट गए पनि एक पल्ट जमात ले दिल्ली को मर्कच
मा पुग्नु पर्ने हुन्छ ।
दिल्ली को नरेला को क्वारेन्टाइन मा उक्त जमात लाई ३१ मार्च बाट राखिएको जानकारी पाएका छौ । क्वारेन्टाइन को खाना को अवस्था निकै राम्रो छैन । खाना मा फर्सी , लौकी , भात , चना र जाउलो दिने गरेको छ । त्यहाँ रहेको व्यक्ति को जीवन अति नै कष्टकर हुँदै गाएरहेको छ । राम्रो खाना को बेवास्ता न रहेको र पोषण जन्य खाना न पाएको वहा हरु को गुनासो छ ।
अप्रिल ९ तारिक को पुलिस पद मा रहेका एक ठूला व्यक्ति ले वहाँहरुको नागरिकता खोसेको छन् । नागरिकता खोसेको केहि दिन पछि वहा हरु मा रहेको केहि व्यक्ति हरु लाई अदालत मा हाजिर गरेको थियो । हाजिर गरेको एक हप्ता पछि प्रशासन मा रहेको व्यक्ति हरु वहा हरु निर पुगेर केही प्रस्न – उतर गरी अदालत को कागजात मा वहा हरु सँग साईन गर्न लागेको थियो । साईन न गर्दा उक्त प्रशासन ले आफ्नो पावर देखाए मान्छे लाई डराएर त्यो अदालत को दस्तावेज मा साईन गरायो । साईन गर्दा जमात मा रहेको केहि व्यक्ति ले त्यो कागज को फोटो खिच्न खोज्दा उक्त कागज को फोटो खिच्न दिएनन् ।
जब त्यो जमात मा रहेको व्यक्ति हरु ले थाहा पाए कि वहा हरु माथि मुद्दा चलाएको हो भनेर त्यो बेला देखि वाह हरु ले भारत स्थित नेपाली दूतावास मा सम्पर्क गरे । नेपाली दूतावास ले वहा हरुलाई हामी सुरक्षित आफ्नो देश फर्काउँछौ नेपाली दूतावास ले भनेको थियो ।
तर नेपाल दूतावास लाई थाहा भए पनि दूतावास ले कुनै किसिम को बन्दोबस्त न मिलाएको , र यो सब हुँदाहुँदै दूतावास मा रहेको कर्मचारी सम्पर्क विहिन भएको वहा हरु ले बताएका छन् ।
वहा हरु जाती जान जमात मा थिए त्यो सब को कोरोना टेस्ट भएको थियो र पोजेटिभ आउने एकातिर उपचार को लागि लाग्यो भने नेगेटिभ रिपोर्ट आउने हरु लाई क्वारेन्टइन मै राखियो । धेरै जस्तो पोजिटिभ आउने हरु ठिक पनि भए र वहा हरुले भारत सरकार को अनुसार आफ्नो प्लाज्मा पनि दान गरे किन की एउटा कोरोना संक्रमित ठीक भए पछि त्यो व्यक्ति को प्लाज्मा बाट अर्को कोरोना संक्रमित को उपचार गर्न सकिन्छ भनेर ।
आहिले वहा हरु को अवस्था अति नै दैनिय भईसकेको छ । दैनिक रूप मा पोषण गत खाना न पाएर , नेगेटिभ रिपोर्ट आउँदा आउँदै आफ्नो देश फर्किन न पाएको साथ साथै नेपाल बाट भारत कोरोना फैलाउने मुद्दा जमात माथि दर्ता भएको हुनाले । देश को नागरिक ले आफ्नो सरकार बाट आहिले सम्म केहि पनि सहयोग पाएको छैनन। ३३ मान्छे को जमात लाई दुई महिना बाट एउटा ठाउँ मा राखेर अत्याचार भए को झै हुदै छ।
मुस्लिम आयोग , भारत स्थित नेपाली दूतावास , नेपाल सरकार ले अब कुनै सिक्किम को प्रक्रिया अपनाउनु पर्यो न भए देश का जनता बिना कसुर को अरु देश की जेल मा सजाय काट्न बाध्य हुन्छन् । आहिले को अवस्था मा उक्त फसेको नेपाली मुस्लिम को जमात लाई आफ्नो स्वदेश फर्काइ देश मर्यादा बचाउनु पर्यो ।
नाम : मोहमद साबिर मन्सुर ।
ठेगाना : कलैया ६ , बारा
(लेखको सर्वाधिकार लेखक मा छ।)
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू