१७ माघ २०८१

“ शैक्षिक क्षेत्रमा कोरोनाको असर ” विषयक अन्तरकरक्रिया सम्पन्न

८ जेष्ठ २०७७, बिहीबार ११:३४ मा प्रकाशित

शमशाद आदिल

“ शैक्षिक क्षेत्र कोरोनाको असर ” विषयक अन्तरकरक्रिया कार्यक्रम जेठ ७ गते सम्पन्न भएको छ। अन्तरकरक्रिया कार्यक्रममा शैक्षणिक अनुसन्धानकर्ता अय्यूब अहमद , समाजिक अभियन्ता सत्तार अंसारी र मुस्लिम आयोग का अध्यक्ष समीम मिया अंसारी ले आफ्नो विचार राखेका थिए।
कोरोना भाइरस को कारण संसार भरी १२५ मुलुक को शैक्षिकसंस्थाहरू बन्द रहेको कारण करीब ७० प्रतिशत विद्यार्थीहरुमा प्रत्यक्ष असर परेको अय्यूब अहमद ले भने । उनले विद्यार्थीहरू घरपरिवारमा धेरै दिन देखि बसी रहेको कारण मानसिक तनाव बढ़ने आशंका जनाए । विशेष गरि रमजान महीना भरी लकडाउन रहेकोले मदरसाहरू को आर्थिक संकट आउन सक्ने र त्यस्ता मदरसाहरू एक वर्ष सम्म समस्या मा पर्न सक्ने जिकिर गरे ।

त्यस्तै सत्तार अंसारीले बैशाख जेठ जस्तो महीना शैक्षिक सत्र मा महत्वपूर्ण हुन्छ । यो महीना नया नया विद्यार्थीहरको भर्ना हुने अवधि हो । विद्यार्थिको हकमा नया नया ड्रेसहरू सिलाउने , किताब किन्ने र जुत्ताहरूको खरीद गर्ने अवधि रहेको कारण लकडाउन यस्ता व्यापारी लाई नोक्सान पुर्याएको असर देखिएको छ ।
त्यस्तै विद्यालय बन्द रहेको कारण विद्यार्थीहरू बाट आउने फीस उठेको छैन र त्यसको प्रत्यक्ष असर शिक्षकहरू माथि परेको उनले व्यक्त गरे ।

मुस्लिम आयोग का अध्यक्ष शमीम मिया अंसारी ले आफु सदैव शैक्षिक विकासको लागि प्रयासरत रहेको कुरा व्यक्त गरे । मन्त्रालयहरुमा मदरसा र कब्रस्तानको भौतिक विकासको लागि बचेटहरूको मांग गरेकी कुरा समेत जिकिर गरे। महिलाहरूको शैक्षिक समस्या लाई समाधान गर्नुपर्नेमा उनले जोड़ दिएका थिए ।
जूम एप्लीकेशन दूर सञ्चारको प्रयोग गरि शुरू गरिएको कार्यक्रमलाई केयर फाउंडेशनका अध्यक्ष अब्दुल मुबीन खानले होस्ट गरेका थिए। सहभागीहरुको तर्फ बाट मौलाना सनाउल्लाह नदवी, मौलाना आसिफ सिद्दिकी , इकबाल हैदर ले प्रश्नहरू पनि उठाएका थिए। नेपाल प्लेटफार्म फोर डायलॉग्स नामक समूहले कार्यक्रमको द्वारा आयोजना गरिएको थियो ।।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter