११ माघ २०८१

भारतमा आजदेखि रेलसेवा सुरू, नेपाली सीमा नजिक नआउने

३१ बैशाख २०७७, बुधबार २१:५७ मा प्रकाशित

छिमेकी भारतमा ५० दिनपछि मंगलबारदेखि रेल सेवा पुन: सुरू भएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार नयाँदिल्ली रेल्वेस्टेशनबाट मंगलबार ८ वटा रेल  छुट्ने छन्।

सरकारले अहिलेसम्म सार्वजनिक गरेको जानकारीअनुसार दिल्लीबाट विभिन्न राज्यका १५ सहरमा दिल्लीबाट यात्रुवाहक रेल जानेछन्। अहिले रेल चल्ने गन्तव्यहरू नेपाली सीमानजिकका भारतीय सहरहरू भने छैनन्।

नेपालसँग सीमा जोडिएका दुई राज्यमा मात्र रेल आउनेछन्; पश्चिम बंगाल र बिहारमा।

पश्चिम बंगालको होराह र विहारको पटनाका लागि मंगलबार नै दिल्लीबाट रेल छुट्नेछन्।  यी दुबै सहर नेपालको सीमादेखि टाढा छन्।  होराह झापादेखि ५४० किलोमिटर टाढा छ भने पटना जनकपुरदेखि २१० किलोमिटर तल पर्छ।

रेल चल्ने अन्य सहरहरूमा छत्तीसगढको बिलासपुर, झारखण्डको राँची, ओडिसाको भुवनेश्वर, हैदरावादको सेकुन्देरावाद, कर्नाटकको बैंगलुरू, तमिलनाडुको चेन्नई, केरलाको थिरूभरन्थापुरम, गोवाको मार्गाव, महाराष्ट्रको मुम्बई, गुजरातको अहेमदावाद रजम्मु कस्मिरको जम्मुतावी छन्।

रेल चढ्ने यात्रुले पालना पूरा गर्नुपर्ने मापदण्ड पनि सरकारले बनाइसकेको छ। मापदण्डअनुसार यात्रुले इ-टिकट लिनुपर्नेछ। ९० मिनेट पहिला नै रेलवे स्टेशनमा आइपुग्नु पर्नेछ। स्टेशनमा  सबै यात्रुको स्वास्थ्य जाँच हुनेछ।  कोरोनाभाइरसको लक्षण नदेखिएका यात्रुलाई मात्र यात्रा गर्न दिइनेछ।  रेलभित्र  बस्दा भौतिक दूरी कायम गर्नुपर्नेछ।  यात्राका क्रममा सबै यात्रुले अनिवार्य  मास्क लगाउनु पर्नेछ।

गन्तव्यमा पुगिसकेपछि त्यहाँको प्रदेश सरकार केन्द्रीय भूभागले निर्धारण गरेका स्वास्थ्य मापदण्डको पालना गर्नु पर्नेछ।  यात्रुले आफ्नो खाना, ओढ्ने र  ओछ्याउने सामान आफैंले ल्याउनु पर्नेछ।

आवश्यकताका आधारमा प्याकेज गरिएका खाना र विस्कुट किन्न पाइनेछ।  सबै यात्रुलाई रेलवे स्टेशन र सिटमा स्यानिटाइजर दिइनेछ। यात्रुहरूले आफ्नो मोबाइलमा आरोग्य सेतुएप डाउनलोड गर्नुपर्नेछ।

दिल्लीबाट पटना आउने रेलमा नेपाली पनि आउन सक्नेबारे आफूहरू सजग गरेको प्रदेश २ सरकारले जनाएको छ। प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले नेपाली आइहाले के गर्ने भन्नेबारे बैठक बसेर निर्णय गर्ने बताए।

‘थोरै संख्यामा आए भने त पालिकाहरूका क्वारेन्टाइनमा राखेर व्यवस्था गर्न सक्छौं तर हजारौंको संख्यामा आए भने हामीलाई गाह्रो हुन्छ,’ मन्त्री साहले भने,‘के गर्ने भन्नेबारे हामी आजै बैठक बस्दैछौं।’

सरकारले जेठ १८ गतेसम्म भारतसँगको सीमा बन्द गर्ने निर्णय गरेको छ।

तर खुला सीमाका कारण लकडाउनका बाबजुद् पनि मानिसहरू लुकिछिपी नेपाल आइरहेका छन्।

पछिल्लो समय भेटिएका कोरोनाभाइरस संक्रमितमध्ये अधिकांश भारतबाट आएकाहरू हुन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter