१८ माघ २०८१

“कोभीड़ १९ र समाजिक संवेदनशीलता ” विषयक तालिम सम्पन्न

२९ बैशाख २०७७, सोमबार १५:३२ मा प्रकाशित

विश्व भरी फैलिएको कोरोना संक्रमण लाई मध्येनजर गर्दै कन्फिडेन्स नेपाल द्वारा आयोजित “कोभीड़ १९ र समाजिक संवेदनशीलता ” विषयक तालिम सम्पन्न भएको छ ।देशै भरी बाट करीब ३० जना युवाहरूले सहभागिता जनाएको तालिमको प्रशिक्षण इर्शाद अहमद अंसारीले दिएका थिए ।

लकडावन चलि रहेको समयमा सुस्ताएका युवाहरुलाई सक्रिय गर्नु को साथै समाजमा जोडिने तत्व लाई प्राथमिकता दिन सहयोग भएको सहभागी सलमा बेगम ले बताईन ।नुवाकोट बाट सहभागी युवा अभियन्ता सलमा ले “ विपतको बेला आफुमा धैर्य र सहनशील हुनु को साथै समाजिक उद्धार मा खटिने ऊर्जा प्रदान ” भएको कुरा व्यक्त गरिन ।

रौतहट बाट सहभागी रहेका आसिफ शोएब ले भने की समाजमा व्यक्ति व्यक्ति बीच कसरी सम्बन्ध स्थापना गर्ने कुरा सिकने अवसर तालीम बाट प्राप्त भयो ।

समाजिक सञ्जाल सकभर दूरी कायम गर्दै किताबहरूको अध्ययनमा समय दिनुको साथै कोभीड़ १९ लाई नियंत्रण गर्ने विभिन्न उपाय मध्ये समाजिक सदभाव पनि एक महत्वपूर्ण उपाय रहेको भन्ने कुरा को सिकाई भएको कपिलवस्तु बाट सहभागी रहेका समाजिक अभियन्ता अख्तर अलि खान ले बताए ।

नेपाली समाजको एकता ,सदभाव सहिष्णुता नै मुख्य सम्पत्ति रहेकोले कन्फिडेन्स नेपाल ले सदैव समाजमा सकारात्मक उत्थानको लागि युवाहरुलाई प्रोत्साहन लाग्नु पर्ने नेपालग़ंज बाट सहभागिता जनाएका समाजिक अभियंता मोहम्मद शोयब अंसारी ले जिकिर गरे ।

“ समाजमा बेलाबखत भई रहेका घटनाहरुको परिवेश बुझ्न जरूरी हुन्छ। साथै समाजलाई विखण्डन पार्ने तत्वहरू पनि सक्रिय हुन थाल्छन भने यस्ता तत्वलाई निरुतसाहित गर्दै
समाजलाई जोडिने तत्वलाई मजबूत पार्न तालीमको उद्देश्य रहेको ”कन्फिडेन्स नेपाल का अध्यक्ष शमशाद आदिल ले बताए ।

दूर सञ्जाल को प्रयोग गर्दै प्रथम पटक कन्फिडेन्स नेपाल द्वारा आयोजित तालिममा मेडिकल , इंजीनियर, अर्थ, मौलाना, फार्मेसी, पत्रकारिता लगायत विषयमा अध्ययनरत रहेको युवा विद्यार्थीहरूको सहभागिता रहेको प्रवक्ता फिरोज आलम अंसारी ले जानकारी दिए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter