१३ फागुन २०८१

सीमा क्षेत्र र विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन सरकारलाई निर्देशन

२९ बैशाख २०७७, सोमबार १४:५९ मा प्रकाशित

भारतसँगको सीमा क्षेत्रमा रहेका नेपालीहरूलाई स्वदेश ल्याउन प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले सरकारलाई निर्देशन दिएको छ।

सीमा क्षेत्रमा धेरै नेपाली मुलुक आउन नपाउँदा सास्ती भोगेको भन्दै समितिले यथाशिघ्र उनीहरूलाई स्वदेश ल्याउनुपर्ने बताएको हो।

यस्तै, समितिले विदेशमा अलपत्र परेका र नेपाल आउन चाहनेहरूलाई समेत स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ।

त्यस्ता व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड पालना गरेर स्वदेश ल्याउनुपर्ने उनीहरूको भनाइ छ।

अहिले धेरै नेपालीहरू भारतसँग जोडिएका सीमा क्षेत्रमा अलपत्र भएर बसेका छन्।

सरकारले सीमा क्षेत्रमा रहेकाहरूलाई स्वदेश ल्याउन तत्काल कुनै निर्णय नगर्दा उनीहरूको लागि मुलुक प्रवेशको ढोका खुल्न सकेको छैन।

तपाईंको प्रतिकृयाहरू

ब्रेकिङ न्युज

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter