जेठ २ गते संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम पेश हुने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट नीति तथा कार्यक्रम पेश गर्नेछिन्।
त्यसअघि संसदमा वैशाख २८,२९ र ३० गते प्रि बजेट छलफल हुने भएको छ। गत वर्ष सरकारको नीति तथा कार्यक्रम सुरुमा पेश गरिएको थियो। तर यसपटक पहिला प्रि बजेट छलफल गर्न लागिएको हो।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले २ गते नीति तथा कार्यक्रम पेश गर्ने विषयमा मुख्य सचिव र सभामुखबीच छलफल भएको जानकारी दिए।
प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको समयको टुङ्गो त्यसै अनुसार लगाउने तयारी छ। संविधान अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने हुन्छ।
संसदको बजेट अधिवेशन २६ गतेबाट सुरु हुँदैछ। संसद बैठकमा सहभागी हुन सांसदहरुको कोरोना परीक्षण अनिवार्य गरिएको छ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको बिहीबार स्वाब संकलन गरिएको छ। उनीहरुको रिपोर्ट शुक्रबार आउनेछ। संसद बैठक सामाजिक दुरी कायम राखेर गर्ने तयारी सचिवालयको छ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू