११ माघ २०८१

प्रधानमन्त्री ओलीको आक्रोश : मलाई एक्लाउन खोज्ने ?

२४ बैशाख २०७७, बुधबार २१:३५ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा जब नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भयो लगत्तै सचिवालय सदस्य माधवकुमार नेपालले विधिसम्मत रुपमा पार्टी सञ्चालन गरिनुपर्ने माग गरे माधव नेपालको सो मागमा अधिकांश सचिवालय सदस्यले समर्थन जनाए । सो क्रममा उनीहरुले प्रधानमन्त्रीले मनपरी रुपमा पार्टी सञ्चालन गर्न खोजेको भन्दै आपत्ति मात्रै जनाएनन् स्थायी समिति बैठकमा पार्टीको विधि र पद्धतिबारे छलफल भएर निर्णय गरिने बताए । त्यही क्रममा प्रधानमन्त्री समेत रहेका प्रधानमन्त्री ओलीले आफूलाई एक्लो पारेको भन्दै आफूविरुद्ध षड्यन्त्र भएको महसुश गरेपछि एकाएक बैठकको माहोल बिग्रिएको थियो ।

ओलीविरुद्ध माधव नेपालसहितका नेताहरु आक्रामक रुपमा प्रस्तुत भएपछि प्रधानमन्त्री ओलीले पार्टी विधि र प्रक्रियाअनुरुप चलेको भन्दै पूर्वाग्रही नबन्न चेतावनी दिएका थिए । सुरुमै आलोचित भएपछि आक्रोशित भएका ओलीले आफूले अध्यादेश फिर्ता गरिसकेको भन्दै अब स्थायी समिति बैठकको आवश्यकता नै नरहेको बताए ।

बिहीबारका लागि बोलाइएको स्थायी समिति बैठकको एजेण्डा तय गर्नका लागि बोलाएको बैठकमा ओलीले स्थायी समिति बैठक बोलाउनुको औचित्य नभएको अभिव्यक्ति दिएपछि बैठकमा थप भनाभनको अवस्था सिर्जना भएको थियो ।

‘बैठकमा आफ्नो आलोचना भएपछि प्रधानमन्त्रीज्यू आक्रोशित बन्नुभयो त्यसपछि उहाँले स्थायी समिति बैठकनै आवश्यक नभएको तर्क गर्नुभयो’, एक सचिवालय सदस्यले  भने, ‘त्यसपछि प्रचण्डले उहाँको भनाइमा प्रतिवाद गर्नुभएपछि उहाँ एकाएक बैठकबाट बाहिरिनु भयो ।’

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter