१८ माघ २०८१

मिडिकर्मी इमरान खानकाे अगवाई तथा युवा कल्याण समाजकाे सहयोगमा राहत वितरण

१९ बैशाख २०७७, शुक्रबार ०९:०७ मा प्रकाशित

कपिलवस्तु । कपिलवस्तु जिल्लाकाे मायादेवी गाँउपालिका वडा नं. १ मा रहेकाे Youth Welfare Society काे सहयोग तथा नेपाल पत्रकार महासंघ प्रदेश नं.५ प्रदेश पार्षद इमरान खानकाे अगवाईमा कपिलवस्तु नगरपालिका वडा नं.१ वडा नं. ३ तथा बसन्तपुर लगायतका ठाँउहरुमा अति बिपिन्न, गरिब तथा दैनिक ज्यालादार (मजदुर) १८ घर परिवारलाई १० किलाे जिरा मसिनाे (साबा मन्सुरी) चामल, दाल, नुन, तेल लगायतका खद्यान सामग्रीहरु वितरण गरेकाे छ । साथै हाम्रा सुरक्षाका लागि दिनरात खटिएका सुरक्षाकर्मीहरुलाई चाउचाउ, पानि लगायतका सामग्रीहरु सहयोग गरेकाे छ ।

विश्वव्यापी महामारीकाे रुपमा रहेको काेराेना भाईरस (Covide-19) संक्रमणले कैयाैँ देशलाई प्रभाव पारेकाेले नेपालमा पनि यसकाे ठुलाे प्रभाव पारिरहेकाे अवस्थामा उक्त बाल कल्याण समाजकाे सहयाेग तथा सहकर्मी इमरान खानकाे अगवाईमा गरेकाे सहयाेग प्रति जनसमुदायले खुशी ब्यक्त गरे । साे अवसरमा आवश्यक परेको हरेक क्षेत्रमा सेवा सुविधा पुऱ्याउन दिनरात संस्थाको प्रयासमा संस्थाका अध्यक्ष मोहम्मद वकिल मुसलमान सक्रिय रहेको संस्थाका सदस्य मेवा लाल यादवले बताए । त्यस्तै यस महामारीको समयमा जुन सुकै क्षेत्रमा राहत नपाएका वास्तबिक पीड़ित परिवारले संस्थाको सम्पर्क नं.९८०३८४२५६४ मार्फत जानकारी गराएमा सक्दो राहत सामग्री घरमै पुर्‍याई दिने पनि संस्थाका उपाध्यक्ष वलिउद्दिन मुसलमानले जानकारी दिए । कलामुद्दिन मुसलमान लगायतले राहत सामग्री वितरणमा सहयोग गरेका थिए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter