१८ माघ २०८१

सिराज वेलफेयर द्वारा महत्वपूर्ण अपील

१९ बैशाख २०७७, शुक्रबार ०८:४२ मा प्रकाशित

विश्व महामारी कोरोना संकटलाई मध्येनजर गर्दै सिराज एजुकेशन एन्ड वेलफेयर सोसाइटीले विज्ञप्ति जारी गर्दै जनताहरुमा महत्त्वपूर्ण अपिल गरेको छ ।

साकिब मदनीको अध्यक्षतामा रहेको वेलफेयरको विज्ञ्पतिमा कोरोना संक्रमण बाट बच्न र आम जनसमुदायले अपनाउनु पर्ने उपायहरू बताईएको छ ।
पूर्ण पाठ यहां छ ।

*नेपाली दाजुभाइ, संघ संगठन, राजनीतिक दलहरु तथा नेताहरु र सरकारलाई संवेदनात्मक अपील*

अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुह्
सम्पुर्ण प्रशंसा अल्लाह् कै लागि र रसूल (संदेष्टा) मुहम्मद माथि दरूद र सलाम। यस पश्चात् :-
सम्पूर्ण देशवासी र देश विदेशमा रहनु हुने मुस्लिम दाजुभाइ तथा दिदी बहिनीहरूलाई रमजानको हार्दिक मुबारकबाद (शुभकामना) व्यक्त गर्दछु । र अल्लाहसित दुआ (प्रार्थना) गर्दछु कि हामी सबै मुसलमानहरुलाई ईमान को साथ र पुण्य प्राप्तिको आशाले ब्रत राख्ने, तरावीहको नमाज़ पढ़ने र धेरै भन्दा धेरै पुण्यको काम गर्ने तौफिक (अवसर) र दुनिया एवं आखिरतको सफलता प्रदान गरुन्, आमिन।

निःसंदेह कोरोना भाइरस एक विश्वव्यापी महामारी हो। यसको चपेटमा आज सम्पूर्ण विश्व समुदाय ग्रसिति छ। हाम्रो देश र लगभग पूरा विश्व आज पूर्णरुपमा बन्द छ। नेपाल सरकारले देश र जनताको सुरक्षाको लागि निर्देशनहरु जारी गरेको छ।
यस सरकारी निर्देशन को पूर्ण पालना गर्दै सरकारको नीति तथा लॉक डाउनलाई सफल पार्नु हामी सम्पूर्ण नेपाली जनताको दायित्व हो। त्यसैले यस महामारीलाई रोक्न तथा नियन्त्रण गर्न म सबै नेपाली दाजुभाइ तथा दिदिबहिनी लाई हार्दिक अनुरोध गर्दछु।
हुन त यो महामारी रुपी कोरोना भाइरससँग संघर्ष गर्दै यस महामारीलाई नियन्त्रण गर्नु हिन्दु, मुस्लिम, बौद्ध, र इसाई सबैको दायित्व हो। सबैको एकता आजको अपरिहार्यता हो। कुनै धर्म विशेषमाथि आरोप प्रत्यारोप गर्ने समय होइन।
यद्यपि म विशेषतः मुस्लिम समुदायलाई एक धार्मिक व्यक्तिको नाताले अनुरोध गर्दछु कि अल्लाहमाथि पूर्ण विश्वास राखौं, व्याकुलता होइन, धैर्यता कायम गरौं। अल्लाहसित आफ्नो पाप र अपराधको लागि माफी मागौं। उहाँको अधीनता स्वीकार्दै नम्रताका साथ दुआ (प्रार्थना) गरौं कि उहाँले यो विश्वव्यापी महामारी र यसले सिर्जेको पीडा समाप्त गरिदेओस्। अर्कोतर्फ स्वास्थ्यका सम्पूर्ण उपाय अवलम्बन गर्दै सावधानी एवं सतर्कता अपनाऔं। अनिवार्य रुपमा लाॅक डाउनको पालना गर्दै घरमै बसौं। बाहिर न निस्कौं। अत्यन्त जरुरी कार्यको लागि सावधानी तथा होसियारीका साथ मात्र बाहिर निस्कौं। पाँच पटकको नमाज साथै तरावीहको नमाज़ पनि घरमै पढौं। र जुमाको साटो जोह्रको नमाज़ पनि घरमै पढौं। र यो महामारी पूर्ण समाप्त भएपछि मात्र मस्जिदमा गइ नमाज़ पढौं। यस महामारीको कारणले सम्पुर्ण मानव समस्या ग्रस्त छन्। यस अवस्थामा आर्थिक विपन्न, गरिब, असहाय, अपाङ्ग र विधवालाई सक्दो खाद्यान सामग्री दिई सहयोग गरौं। जात-धर्म न छुट्याई एक अर्कालाई बढीभन्दा बढी सहयोग गरि सरकारको लॉक डाउन नीति निर्देशनलाई सफल बनाऔं। पक्कै पनि तपाईंको यो अभ्यास इस्लामी शरिअः अनुशरण गरे सरह हुनेछ। अल्लाहले हामी सबैलाई यो पुण्य कार्य गर्ने तौफिक (अवसर) प्रदान गरुन्।
यस पश्चात म सम्पूर्ण प्रोपकारी संघ-संस्थाका पदाधिकारीहरुलाई भन्न चाहन्छु कि यस संकटको घडीमा तपाईहरु देश जनता र मानवताका लागि आशाको किरण हुनुहुन्छ। तसर्थ कृपया साकारात्मक भूमिका निर्वाह गर्दै उनीहरूको आशा र भरोसा चुड्न नदिनुस्। अहिले सम्म तपाईहरुले देश र जनताको लागि जति पनि योगदान गर्नु भएको छ, त्यसको लागि हार्दिक धन्यवाद।
यसैगरी म देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, प्रादेशिक सरकार तथा सांसद, तथा स्थानीय सरकार समेत सरकारी कर्मचारी, सुरक्षा निकायका पदाधिकारीहरू, बुद्धिजीवी, व्यापारी, किसान, विद्यार्थी, पत्रकार बन्धुहरुलाई भन्न चाहन्छु कि अहिलेसम्म यस महामारीलाई रोक्न तथा यसबाट देश र जनतालाई मुक्ति दिन, र यसका नराम्रा असरहरु बाट सुरक्षा प्रदान गर्न तपाईहरुले जे जति कदम चाल्नु भएको छ, त्यसको लागि तपाईहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
तर पनि यस महामारीलाई नियन्त्रण गर्नुको साथै यसबाट पीडित वर्गलाई बढीभन्दा बढी राहत प्रदान गर्न, युद्धस्तरमा हरसम्भव कदम चाल्न समेत म तपाईहरुलाई आग्रह गर्दछु। यो तपाईंहरूको दायित्व पनि हो। देश र जनतालाई तपाईंहरूको धेरै खाँचो छ। समस्याको यो समय तपाईंहरुको लागि परिक्षण समय हो। यस समस्याबाट देश र जनतालाई मुक्ति दिलाउनु नै तपाईंहरूको असलपनको पहिचान हुनेछ। आजको विकराल परिस्थितिबाट देश र जनतालाई सुरक्षित गर्नु नै तपाईहरु एक इमान्दार नेता, पदाधिकारी, कर्मचारी आदि प्रमाणित गर्नेछ।
अल्लाहले हामीलाई हाम्रो कर्तव्य र दायित्व बढीभन्दा बढी निर्वाह गर्ने, र न्यायिक कर्तव्य व्यक्तिगत तथा सामुहिक रुपमा कार्यान्वयन गर्ने क्षमता प्रदान गरुन्। साथै विश्वब्यापी कोरोनारुपी महामारीबाट हामी सबैलाई रक्षा प्रदान गरुन्। आमीन।
*अपीलकर्ता:*
*रहमतुल्लाह् (साकिब मदनी)*
*अध्यक्ष: सिराज एजुकेशन एण्ड वेलफेयर सोसाईटी, सिरहा, नेपाल*

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter