काठमाडौँ– लामो रस्साकस्सीपछि नेकपाको केन्द्रीय सचिवालय बैठक भोलि (बुधबार) बस्ने भएको छ।
मगंलबार बिहान नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भोलि बुधबार सचिवालय बैठक डाक्ने सहमति भएको हो।
अध्यादेश प्रकरणसँगै नेकपामा चुलिएको विवाद समाधानका लागि छलफल आवश्यक रहेको र त्यसका लागि बैठक बोलाउनु पर्ने माग सचिवालय सदस्यहरुले गर्दै आएका थिए।
ओली र अर्का वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार भएको अनौपचारिक वार्तामा मंगलबार सचिवालय बैठक बोलाउन सहमति भएपनि सोमबार ओलीले प्रचण्डलाई मात्रै बोलाएर छलफल गरेका थिए।
योसँगै बुधबारको सचिवालय बैठकले स्थायी कमिटी बैठकको पनि मिति तय गर्ने अपेक्षा गरिएको छ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू