०९ माघ २०८१

भैरहवा: “कोरोना सार्ने तिमीहरु हो” भन्दै मुस्लिम कर्मचारी निष्कासित!

१५ बैशाख २०७७, सोमबार २२:१३ मा प्रकाशित

भैरहवा- मुजीब अली ,

रुपन्देहीको भैरहवा देखि 5 किलोमिटर उत्तर बुटवल जाने बाटैमा पर्ने कटैया चोक स्थित दुर्गा माडर्न दाल मिलमा बिगत 3-4 बर्ष देखि कार्यरत मुस्लिम समुदायका 5 जना कर्मचारीलाई 4-5 दिन पहिला निकालिएका छन।जबकी अन्य समुदायका कर्मचारीहरु कसैलाई केही भनिएको छैन।यस्तो लकडाउनको बेलामा पनि दिवा र रात्री गरी दुई शिफ्टमा 15-15 जनाको ग्रुप बनाएर निर्वाध रुपमा मिल चलाएर भिडभाड गराउन पाईन्छ त!

कारण सोद्धा गेट पालेले मालिकको आदेश छ,” तिमीहरु मुस्लिम हौं, कोरोना फैलाउन सक्छौं भन्ने आरोप लगाएर निकालिएको पिडितको दाबी छ।

यसरी राज्यले जाति बिशेष माथी आक्षेप लगाएर कुनै पनि अनुचित कार्य गर्नेलाई कानुन बामोजिम सजाय गरिने भनिरहदा यस्तो घटना घटाइएको छ।यस्तो घटिया तथा घोर जातिवादी मानसिकता बाट ग्रस्त मालिकहरुलाई सरकारले कारवाही गर्लान त!

हुनत भर्खरै मैले सम्बन्धित दाल मिलका केही जिम्मेवार स्टाफलाई फोन गरेर घटना बारे जानकारी लिंदा एकछिन झस्केका थिए पछि गोलमटोल कुरा गर्दै लिपापोती गर्न थाले।
मैले यस्तो घटना बारे भोलि पत्रकार सम्मेलन गर्दै सरकारी निकायलाई डेलिगेसन दिने भनेपछि,
भोलि देखि नै वापिस फर्काइएका कामदारलाई काममा लगाउने जवाब आएको छ, हेरौं भोलि के गर्दैछन, त्यसपछि अर्को स्टेप चाल्ने सोच बनाएको छु।
स्मरण रहोस सो दाल मिल का मालिक भैरहवा बासी सौरभ अग्रवाल र ब्रिजेश अग्रवाल हुन।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter