१३ माघ २०८१

लकडाउनमा कडाइ गर्न गृहमन्त्रालयको निर्देशन

१५ बैशाख २०७७, सोमबार १७:०८ मा प्रकाशित

काठमाडौँ  बैशाख १५,– लकडाउनमा कडाई गर्न निर्देशनसहित गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ । गृहले सुरक्षा निकायसहित स्थानीय प्रशासनलाई लकडाउन कडा पार्न निर्देशन दिएको हो ।

लकडाउनका कारण अलपत्र परेकाहरुलाई विभिन्न जिल्लाका नागरिकलाई स्थानीय तहकै पहलमै पछिल्लो गाउँ लैजाने गरिएको थियो ।

स्थानीय तहले गाडी काठमाडौँ पठाउन थालेपछि सवारी चाप बढेको थियो । तर गृह प्रशासनले लकडाउनलाई कडाइ गर्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयले सोमबार सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै सवारी पास बिनाका कुनै पनि सवारी साधानलाई आवतजावत गर्न नदिन निर्देशन दिएको हो । अत्यावश्यक बाहेकका सेवाका लागि पास अनिर्वाय गर्न भनिएको हो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter