लस एन्जलस । संसारमा महामारी बनेर फैलिरहेको केरोना संक्रमणमाथि पहिलो फिल्म निर्माण भएको छ । यो फिल्मको नाम ‘कोरोना जाम्बिज’ राखिएको छ । यो फिल्म सिनेमा हलमा ल्याउने अबस्था नभएपछि डिजिटल प्लेटफर्मबाट रिलिज गरिएको छ ।
फिल्म ‘कोरोना जाम्बिया’को ट्रेलर केही दिनअघि रिलिज हँुदा सो ट्रेलर भाइरल भएको थियो । धेरैले फिल्म हेर्ने माग गरेका थिए । संसारका तीन दर्जन मुलुक लकडाउनमा भएको बेला यो फिल्मलाई डिजिटल प्लेटफर्मबाट रिलिज गरिएको हो । यसको ट्रेलर निकै डरलाग्दो बनेको थियो । फिल्म पनि त्यस्तै बनेको छ । बालबालिकालाई अभिभावकको साथबाहेक एक्लै यो फिल्म नहेर्न निर्माण पक्षले अनुरोध गरेको छ ।
गत जनवरीमा चीनमा कोरोना संक्रमण देखिएपछि यो फिल्मको कथा परिवर्तन गरेर कोरोना संक्रमणको विषयमा फिल्म निर्माण गरिएको हो । फिल्मलाई डिजिटल प्लेटर्फममा अहिले खोजेर हेर्नेको संख्या बढेको निर्माण पक्षले जनाएको छ ।
अमेरिकी निर्देशक चाल्र्स ब्यान्डले कोरोनाले संसारमा विकराल रूप लिन्छ भन्ने बुझेरै आफूहरूले यसको कथा तयार गरेको र अहिले त्यही अवस्था आएको बताएका छन् । यो फिल्म अहिलेको वास्तविकता भएको निर्देशक ब्यान्डको दाबी छ । कोरोनाजस्तै अहिले यो फिल्म पनि भाइरल भएको छ ।
हरर तथा थ्रिलर जनराको यो फिल्ममा कोडी रेनी क्यामरुन, रसेल कोकर, रबिन सिड्नीजस्ता कलाकार मुख्य भूमिकामा छन् । टिभीमा आएका अहिलेका कतिपय वास्तविक दृश्यलाई पनि यो फिल्ममा समेटिएको छ ।
यो फिल्ममा कोरसको ठूलो जमात छ । यति धेरै कोरस समेट्न सक्नुको कारणबारे निर्देशक ब्यान्डले भने, ‘हामीले यो फिल्मको छायांकन सुरु गर्दा कोरोना संक्रमण चीनमा मात्र देखिएको थियो । हामीले फिल्मको छायांकन सकेपछि युरोप र अमेरिकामा यसको संक्रमण देखिन थालेको हो ।’ यही कारण यसमा धेरै कलाकार रहेको उनले स्पष्ट पारेका छन् ।
फिल्म काल्पनिक भए पनि अहिलेको अवस्थाको कथा यो फिल्ममा रहेको छ । एक जना व्यक्ति कोरोनाको सिकार भएर कोरोनाबाट मरेपछि ऊ जाम्बिज पात्र भएको कथा यो फिल्ममा समेटिएको छ । जाम्बिजको पीडादायी कथा यसमा छ । ऊ प्रेतात्मा बनेपछिको कथाले यो फिल्मलाई रोचक हरर सिनेमा बनाएको छ ।
अहिलेको अवस्थामा छायांकन गर्न गाह्रो भएकाले फिल्मका कतिपय दृश्य पुनि छायांकन नगरी एनिमेसनबाट तयार गरिएको पनि यसका निर्देशकले बताएका छन् । फिल्मका मुख्य तीन कलाकारको पुराना फिल्मका केही दृश्य पनि यसमा प्रयोग गरिएको समेत ती निर्देशकको कथन छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू