काठमान्डौ , राष्ट्रिय मुस्लिम आयोगले नेपालमा रहेका तब्लिग जमातको सङ्ख्या दुई दिनभित्र बुझाउन निर्देशन दिइएको छ।
आयोगको आइतबारको बैठकले देशभरका मदरसा र मस्जिदमा जमात समूह भएमा दुई दिनभित्र सम्पूर्ण तथ्यांक बुझाउन जमात समूहका अगुवालाई निर्देशन दिएको हो।
उदयपुरको मस्जिदमा रहेका १२ र पर्सामा तीनजना जमात समूहमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आयोगले उक्त तथ्यांक गेको हो । आयोगका अध्यक्ष समीम मियाँ अन्सारीका अनुसार नेपालमा करीब १०० विदेशी धार्मिक जमात छन् । धार्मिक कार्यमा आएका समयमा लकडाउनका कारण विभिन्न मस्जिदमा अड्किएका छन् ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू