०९ माघ २०८१

शाबाश प्रहरी! कपिलवस्तुमा सामुहिक नमाज पढ्ने १४ जना नियन्त्रणमा

७ बैशाख २०७७, आईतवार २२:२० मा प्रकाशित

मायादेवी गाउँपालिका–लकडाउनको समयमा सामूहिक नमाज पढ्दै गरेका १४ जनालाई प्रहरीले कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ७ धुपहीबाट नियन्त्रणमा लिएको छ।

स्थानीय मस्जिदमा सामूहिक नमाज पढ्ने १४ स्थानीयलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय तौलिहवामा राखिएको कपिलवस्तुका प्रहरी उपरीक्षक दिप शम्सेर जबराले बताए।

सरकारले कोरोना भाइरस फैलन नदिन धार्मिक स्थलहरुमा समेत सामूहिक प्रार्थना र पूजापाठ गर्न प्रतिबन्ध लगाएको छ।

त्यस विपरित कपिलवस्तुका विभिन्न मस्जिदहरुमा अहिले पनि सामूहिक नमाज पढ्ने गरिएको भन्ने सूचनाका आधारमा धुपहीको मस्जिदमा अनुमगन गर्नै क्रममा सो भेटिएको प्रहरी उपरिक्षक राणाले बताए।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले मस्जिदबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो। ‘हामीले पटक–पटक मस्जिदमा सामूहिक नमाज नपढ्न आग्रह गरिरहेका छौँ, तर मस्जिदमा अझै नमाज पढ्ने गरिएको छ’, उनले भने।

जिल्लामा रहेका १ सय १४ मस्जिदसहित धार्मिक स्थलमा अनुगनसमेत गरिएको प्रजिअ दीर्घनारायण पौडेलले बताए। मस्जिदसहित जिल्लाका सबै धार्मिकस्थल सुरक्षाकर्मीको निगरानीमा रहेको उनले बताए।

जिल्लाका मुस्लिम अगुवाहरुले समेत शुक्रबार र अन्य दिनको नमाज घरमै पढ्न अपील गरेका छन्। रौतहटपछि कपिलवस्तु दोश्रो मुस्लिम बाहुल्य रहेको जिल्ला हो।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter