१८ माघ २०८१

भारतीय समाचार गलत ,कपिलवस्तुमा छैनन जमाती

७ बैशाख २०७७, आईतवार १२:१५ मा प्रकाशित

कपिलवस्तु । भारतिय संचार माध्यममा कपिलवस्तुको मस्जिद र मदरसामा जमाती लुकेर बसेको समाचार आएपछी अनुगमन गरिएको छ । जिल्लाको जवाभारी र चन्द्रौटाको मस्जिद, मदरसामा अनुगमन गरिएको हो । अनुगमन गर्दा उक्त मस्जिद मदरसामा कोही पनि फेला नपरेको राष्ट्रिय मदरसा बोर्ड प्रदेश ५ का उपाध्यक्ष मौलाना मशहुद खाँ नेपालीले जानकारी दिनुभयो । भारतिय संचार माध्यममा आएको समाचार गलत हो हामीले नेपाल सरकारले लागु गरेको लकडाउनको पुर्ण पालन गरेका छौ, मस्जिदमा हेर्दा कोई पनि छैन, आफवाह फैलाउन र नेपाली नेपाली विच मनमुटवा गराउने षडयन्त्र भएको उपाध्यक्ष मौलाना मशहुद खाँ नेपालीले बताउनु भयो ।
अनुगमन कै क्रममा शिवराज नगरपालिका वडा नं ८ का वडा अध्यक्ष अनुप कुमार चौधरीले कुनै पनि शंकास्पद व्यक्ती देखा नपाएको बताउनु भयो । वडाअध्यक्ष चौधरीले भन्नु भयो “हामीले केही भेटाएका छैनौ यदी कोही त्यस्तो भेटीए हामीले तत्काल प्रहरीसंग समन्वय गर्नेछौ ।”
जवभारीको मदरसा र मस्जिदमा प्रशासनको समन्वयमा ताला लागाइएको बाहिरी मान्छे आउने समाचार निराधार रहेको वडा अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
राष्ट्रिय मदरसा संघका अध्यक्ष डा.अब्दुल गनी अलकुफीले शिक्षा जस्तो पवित्रा स्थलमा बहिरी मान्छेलाई आश्रय दिने काम गलत भएको बताउनु भयो । कही कतै त्यस्तो व्यक्ती लुकेर बसेको पाइए वा कसैले संरक्षण गरेकोे पाइएमा कानुम बमोजिम कार्वाहीका लागि पहल गर्ने बताउनु भयो । साथै जवाभारी लगायका मदरसामा कुनै अपरचित व्यक्ती देखेमा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरी सहयोग गर्न अध्यक्ष अब्दुल गनी अलकुफीले बताउनु भयो । चन्द्रौटामा रहेको मदरसामा अनुगमन गर्दा कुनै पनि जमाती नभेटीएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले जानकारी दिनुभयो ।
यता प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलका अनुसार अहिले प्रहरी र प्रशासन लगाएर खोज तलास जारी रहेको छ । अहिले सम्म केही फेला परेको छैन । एक जना पाकिस्तानी नागरीक फेला परेका छन । उनी माघमा कानुनी तरीकाले नेपाल प्रवेश गरेको प्रमाण फेला परेको छ । भारतीय मिडीयाले भने जस्तो जमाती फेला नपरेको पौडेलले वताउनु भयो । तर जे कुरा आएका छन् त्यसका आधारमा सजगता अपनाएर खोजी गर्ने कार्यलाई अझै तिब्रता दिन्छौं उहाले भन्नु भयो । भारतीय संचार माध्यम राष्ट्रिय साहारा दैनिकमा नेपालको जवाभारी र चन्द्रौटामामा कोरोना संक्रमीत जमाती लुकेर बसेको समाचार प्रकाशित भएको थियो । कपिलवस्तुका मुस्लीम अगुवा, निर्वाचित प्रतिनिधी, प्रहरी प्रशासन पत्रकारको टोलीले मदरसाको अनुगमन गरेको हो ।

फोटो ईन्टरव्यू खबर बाट

 

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter