विद्यार्थीहरूको साझा संगठन को रुपमा कन्फिडेन्स नेपालले लकडाउन को वेला आमजनसमुदाय सङ्ग अत्यन्त महत्वपूर्ण कुराहरु बारे अपील गरेको छ ।वर्तमान परिस्थितिलाई मध्येनजर गर्दै कन्फिडेन्स नेपालले जारी गरेको अपील पत्रलाई अक्षरशः यहां राखिएको छ
नेपाल लगायत विश्वभरिका अधिकांश मुलुकहरूमा कोरोंना भाइरस कोभीड़ १९ को संक्रमण फैलिदै गएको स्थिति छ ।
नेपालमा पनि ३० जनामा कोरोना संक्रमण फैला परी सकेको छ । सिंगो राष्ट्र र जनताहरु नै एक महीना देखि लकडाउनको परिस्थिति बाट अकल्पनीय दुःख को चपेटामा छन ।
यस विषम परिस्थितिमा नेपाल सरकार द्वारा जारी गरिएको नियमहरूको पूर्णरुपमा पालना गर्नु सम्पूर्ण नागरिकहरूको कर्तब्य र आजको आवश्यक्ता पनि हो । सरुवारोग भएकोले प्रत्यक्षमा व्यक्तिगत रुपमा संक्रमितलाई नोक्सान हुनुको साथै सिंगो समाज र राष्ट्रलाई नै नोक्सान हुने प्रकृतिको छ।
केहि कोरोना संक्रमितहरू मस्जिदमा बसेको पाईएको हुनाले प्रत्येक जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकारहरूले हरेक मस्जिद मदरसाको अनुगमन गर्न आग्रह गर्दछौं ।
मुस्लिम समुदायका बुद्धिजीवी समाजसेवी शिक्षकवर्गहरुले पनि यस विपतको घडिमा आ आफ्नो मस्जिदमा कोही बसिरहेका छन भने त्यस्ता व्यक्तिहरूको स्थानीय प्रहरी चौकीमा जानकारी दिई स्वास्थ्य जाँच गराउनुको साथै सरकारको नीति नियम पालना गर्न विनम्र अनुरोध छ ।
केहि मीडियाले आमजनसमुदायमा मस्जिदमा लुकेको छिपेको भ्रम फैलाई रहेको प्रति खेद छ। समाचार बारे यथार्थ जानकारी हासिल गर्दा प्रत्येक मस्जिद मदरसाहरू सरकारको निगरानीमा छन। मस्जिदमा बसेकाहरुले लकडाउन शुरू भए देखि नै प्रहरी प्रशासनको मातहतमा बसेका छन । कतिपय ठाउँमा मस्जिद लाई नै कुवारेंनटाईन बनाईएको अवस्था छ ।तसर्थ सञ्चारकर्मी तथा सामाजिक सञ्जालकर्मीहरुले आफ्नो समाचार संकलन र अभिव्यक्तिहरूको सम्प्रेषणमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयहरूको पनि भनाईलाई पनि सूचना स्रोतको रुपमा लिएर पत्रकारिता गर्न अपील गर्दछौं ।
घरमा बसौं!! लकडाउनको पालना गरौं!! समाजिक दूरी कायम गरौं !!
कन्फिडेन्स नेपाल
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू