०९ माघ २०८१

हामीलाई कपडाको होइन, सर्जिकल माक्स चाहिन्छ

२२ चैत्र २०७६, शनिबार २२:०६ मा प्रकाशित

 

अजय पाठक
२२ चैत्र, बाँके

डाक्टर ( फिजिशियन) ले पटक पटक कपडाको माक्स प्रयोगमा नल्याउन आग्रह गरेका छन । फिजिशियनको मान्यता अनुसार कपडाको माक्स साधारण खालको माक्स हो जुन कुनै पनि रुपमा भाइसबाट बचाउदैन । आम मानिससम्म नागरिकको हैसियतले सर्जिकल माक्स वितरण गरि रहेका छन । तर सरकारी कार्यालयले भने कपडाको माक्स वितरण गरि रहेको छ ।

समाजिक संजालमा पटक पटक कपडाको माक्स प्रयोगमा नल्याउने भन्ने बारे समचार समेत सम्प्रेषण पनि भएका छन । कपडा वा कपासबाट बनेको माक्स प्रयोग गर्नु हुन्न भन्ने विषयको बिरोध समेत भएका छन।

तर बाँकेमा नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँ पालिकामा समेत कपडा कै माक्स वितरण गरिएको छ । जुन साधारण खालको माक्स हो । माक्समा एक तिर बाट आर्को तिर पार्दर्शी रहेको समेत देखिन्छ ।

वडा न. २१ का स्थानिय रशुल खानले भन्छन, “हामी एक परिवारलाई भने मात्र २ माक्स र एउटा पतन्जलीको साबुन दिएका छन । जब कि हामी ५ जनाको परिवार छ । अस्ति मैले पत्रकार उदय श्रेष्ठले दिएको youtube live मा देखेको थिए, उहाँले काठमाडौं र नेपालगन्जका असीम केदवाइ जस्तो डाक्टरको live समेत दिनु भएको थियो जसमा कोरोनाबाट जोगिनलाई सर्जिकल ३ प्लाइको माक्स प्रयोग गर्नु पर्छ भनेर डाक्टरले बताउनु भएको थियो । तर हाम्रो स्थानीय तहको सरकारलाई कपडाको माक्स वितरण गर्नु हुन्न भन्ने विषयमा ज्ञान छैन र ? भन्ने प्रश्न राखेका छन ।

नेपालगञ्ज उपमहानगरपलिका अन्तर्गत रहेको वडा नं. १८ ले लग्दहवा गाँउमा बसोबास गर्दै आएका विपन्न वर्ग लगाएत सबै वडाबासीलाई राहत चामल वितरण गरेको थियो । जसमा प्रति परिवार १५ किलो चामल, ५ किलो पिठो, ५ किलो आलु,२ किलो दाल, १ लिटर धारा तेल, १ किलो नुन र एउटा साबुन वितरण गरिएको थियो ।

उप–महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दीपक वर्माले लकडाउनका कारण समस्यामा परेका परिवारलाई सहयोग गर्नुभएको थियो । तर पनि स्थानियले गुनासो पोखेका थिए, चामल बढी मात्रमा टुटेको र कनीका मिसिएको वडाबासीले बताएका थिए । स्थानीयले दुख परेको बेला गुनासो समेत गरेका थिए, जसको समाचार समेत सम्प्रेषण भएको थियो । चामल बढी मात्रमा टुटेको र कनीका मिसिएको समाचार सम्प्रेषण हुन साथ अर्को दिन स्थानीय प्रशासनले चामल विनिमय गरेको थियो ।

त्यसै गरि डुडुवा गाउँ पालिकाले पनि शनिवार देखि स्थानिय तहमा कपडाले बनेको माक्स वितरण सुरु गरेको हो । कपडाको माक्स वितरणको समाजिक संजालमा समेत बिरोध भइरहेको छ ।

डुडुवा गाउँ पालिका स्वास्थ्य चिकित्सक हेमन्त शर्माका अनुसार गाउँ पालिकामा वितरण गरिरहेको कपडाको 3 लियर माक्स हो । यो माक्सले सर्जिकल माक्स जस्तो सुरक्षा त दिदैन तर पनि केही मात्रमा प्रयोगमा लिन सकिन्छ । उहाँका अनुसार सर्जिकल माक्सको मार्केट्मा अभाव भएको हुनले, कपडाको माक्स वितरण गरिएको हो । जुन प्रयोगकर्ताले 2-3 पटक फेरि प्रयोगमा लिन सक्छ ।

तर स्थानियहरु भने कपडाको माक्स प्रयोग गर्न भयभित भएका छन । के कपडाको माक्सले हामीलाई सुरक्षा दिन्छ ? भन्ने प्रश्न उठाइ रहेका छन ।

केही क्षेत्र र वडामा राहत वितरणको सम्बन्धमा पनि औपचारिक तरिका वितरण नभएको समेत बिरोध गरि रहेका छन । यस बारेमा हिजो समाजवादी पार्टी बाँकेले प्रेस बिज्ञयप्ती समेत जारी गरेको थियो । प्रेस बिज्ञपतिमा लेखिएको थियो, नेपालगन्ज उपमहानगरपालिकाको बैठकबाट नगरपालिका भरीका तिनै तहका सरकारले निर्धारण गरे बमोजिम दैनिक छाक टार्ने गरिब, असहाय मजदुरलाई खाद्यान्न लगायतका समानहरु उपलब्ध गराउने भनी निर्णय भए अनुसार केहि वडा कार्यालयहरुले ठुला बाडा, आसपास लक्षित वर्गहरुमा नपर्नेको नाम समाबेस गरि राहत वितरण भइ रहेको साथै गुणस्त्तरहिन खाद्य सामग्री वितरण भइ रहेको र नगरकार्यपालिकाको निर्णय बमोजिम सामाग्री वितरण नभएको र वास्तविक लक्षित वर्गले राहत नपाएको भनी व्यापकजन गुनासो आइरहेको तत्काल छुट भएका लक्षित वर्गलाई समेटिने गरि पुन नामावली संकलन गर्न लगायत राहत गुण‌स्तरिय सामग्री पुर्ण रुपमा वितरण गर्ने विषयमा रहेको थियो ।

स्थानियले सरकारले सर्जिकल माक्स वितरण गर्नु पर्छ र औपचारिक तरिकाले राहत वितरण समेत गर्ने माग गरेका छन । सम्बन्धित निकाय(नगरपालिका र गाउँपालिका)ले यस विषयलाई गम्भीरताका साथ लिइदिन हुन अनुरोध समेत स्थानियले गरेका छन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter