नवलपुर ,कावासोती,चैत्र २१
कोरोना भाइरसको बढ्दो प्रभाव सगै कावासोती नगरपालिकामा राहत सामाग्री सहयोगको क्रम बढी रहेको छ। यसै क्रममा एन आइ सि एसिया उपप्रादेशिक कार्यालय गैंडाकोटले कावासोती नगरपालिकालाई ५० परिवारलाई पुग्ने राहत सामाग्री हस्तान्तरण गरेको छ।
राहत सामाग्रीमा प्रति परिवार १५ किलो चामल ,आधा लिटर तेल,२ किलो दाल र एउटा हात धुने साबुन समावेश गरिएको बैंकले जानकारी दिएको छ।उक्त राहत सामाग्री वार्डहरुमा संकलन गरिएको नामावलीहरुको आधारमा अति बिपन्न तथा दैनिक ज्यालादारीमा आधारित जीवन शैली भएका परिवार हरुलाई प्राथमिकता आधारमा बितरण गरिने कावासोती नगरपालिका प्रमुख चन्द्रा कुमारी पुनले खाद्य सामाग्री बुझ्दै जानकारी दिइन।
देशभरी कोरोना भाइरसको त्रास बढिरहेको अवस्थामा बैंकको बैंकको नारा बैक पनि साथी पनि भन्ने नारालाइ आत्मसाथ गर्दै रास्ट्रीय बिपतको घडिमा सस्थाको सामाजिक दायित्वलाई बुझेर सहयोग गरिएको उपप्रादेसिक कार्यालय प्रमुख अशोक पन्थले बताए। वितरण कार्यक्रममा कावासोती शाखा प्रबन्धक सुनिल न्यौपाने,बिजय लामिछाने तथा पत्रकारहरुको उपस्तिथि थियो।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू