०२ माघ २०८१

छोटी भन्सारको जाँचपास सेवा कार्यान्वयनमा आएन

१५ आश्विन २०७६, बुधबार १२:३७ मा प्रकाशित

नवलपरासी, १५ असोज  पूर्वी नवलपरासीको त्रिवेणी छोटी भन्सार कार्यालयमा जाँचपास सेवा विस्तार गरे पनि सेवा व्यवहारिकरूपमा कार्यान्वयनमा आउन सकेको छैन । सो कार्यालयबाट एक महीनाअघि रु २५ हजारसम्मको जाँचपास सेवा प्रारम्भ गरिए पनि सेवाग्राही नआउने गरेकाले सेवा कार्यान्वयनमा आउन नसकेको हो । व्यापारीलाई लक्षित गरी भारतीय बजारबाट रु २५ हजारसम्मको सामग्री नेपालतर्फ ल्याउँदा भन्सार महसुल बुझाउने सेवा अर्थात् जाँचपास सेवा प्रदान गर्ने कार्यालयको लक्ष्य थियो । नजिकको भारतीय बजारबाट सामग्री नेपालतर्फ ल्याउँदा भारतीय सुरक्षाकर्मीले रोक लगाउने कारणले व्यापारीहरु सेवा लिन नआउने गरेका कार्यालय सहयोगी मानसिंह बानियाँले बताउनुभयो । सरकारले छोटी भन्सारबाट पहिलो चरणमा रु २५ हजारसम्मको जाँचपास सेवा सञ्चालन गरे पनि कार्यान्वयनमा लैजानु मुख्य चुनौती रहेको उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ५ का अध्यक्ष गुणनिधि तिवारीले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter