१२ माघ २०८१

गिलुङमा पर्यटन महोत्सव हुने

९ आश्विन २०७६, बिहीबार १४:२४ मा प्रकाशित

पोखरा, ९ असोज  लमजुङको क्होलोसोथर गाउँपालिका–९ स्थित गिलुङमा आगामी कात्तिक २९ र ३० गते ‘गिलुङ पर्यटन महोत्सव २०७६’ हुने भएको छ । महोत्सवबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गिलुङ समाज पोखराका अध्यक्ष दूधमान गुरुङ (आशिष)ले गाउँको पर्यटकीय विकासमा टेवा पु¥याउँदै स्थानीयवासीको आयआर्जन वृद्धि गर्ने, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा गाउँको प्रचारप्रसार गर्ने उद्देश्यसाथ महोत्सव गर्न लागिएको जानकारी दिनुभयो । महोत्सवका क्रममा स्थानीय परिकारको स्वादका साथै विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिने उहाँले बताउनुभयो । नेपालका सुन्दर गाउँमध्येको गिलुङ समुद्री सतहबाट एक हजार ४५० मिटरको उचाइमा रहेको जानकारी दिँदै उहाँले चार सय घरधुरी रहेको गाउँबाट माछापुच्छ«े, अन्नपूर्ण, धवलागिरि, लमजुङलगायतका हिमाली र मनोरम पहाडी दृश्य अवलोकन गर्न सकिने बताउनुभयो । गाउँका १५ वटा घरमा घरवास कार्यक्रम पनि सञ्चालन गरिएको छ । घरवासमा स्थानीय परिकारको स्वाद लिनसक्ने व्यवस्था मिलाइएको छ । गुरुङ संस्कृतिका विविध पक्ष एक साथ अवलोकन गर्न सकिने यस महोत्सवको सफलताका लागि १०१ सदस्यीय मूलआयोजक समिति र पाँच उपसमिति गठन गरिएको समाजका उपाध्यक्ष कुशप्रसाद गुरुङले जानकारी दिनुभयो । क्होलासोथर गाउँपालिका–९ का वडाध्यक्ष नन्दजङ्ग गुरुङले महोत्सवको सफलताका लागि वडाका तर्फबाट दुई लाख र गाउँपालिकाका तर्फबाट रु तीन लाख बजेट विनियोजन गरिएको जानकारी दिँदै महोत्सवले यहाँको प्राकृतिक एवं सांस्कृतिक पहिचानलाई प्रचारप्रसार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । स्थानीय समाजसेवी मुछेत्र गुरुङले धेरै पर्यटकीय सम्भावना भएर ओझेलमा परेका कारण यहाँका सम्भावनालाई पर्यटन बजारमा पु¥याउन महोत्सव गर्न लागिएको बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter