०३ माघ २०८१

जनगणना तथ्यांकमा लापरवाही नगर्न मुस्लिमहरूको आग्रह

३१ भाद्र २०७६, मंगलवार १८:५४ मा प्रकाशित

शमशाद आदिल, काठमांडौ

केयरखबर,३१ भाद्र

आउने २०७८ साल को राष्ट्रिय जनगणनामा लापरवाही नगर्न आग्रह मुस्लिमहरूले आग्रह गरेका छन ।
आज भदौ३१ गते केन्द्रिय तथ्यांक विभागका केन्द्रिय कार्यालयमा मुस्लिम अगुवाहरुको एक टोली विभाग प्रमुख सँग भेटेर आगामी वर्ष को जनसंख्या संकलनमा पारदर्शिता अपनाउन आग्रह गरेका हुन। जनसंख्या संकलनमा मुस्लिम समुदाय तथा इस्लाम धर्मावलम्बीहरूको तथ्यांक संकलनमा प्रायः गड़बड़ी भई रहेको टोलीको गुनासो थियो। अब संघीयतामा गई सके पछि को पहिलो चोटी जनगणना हुने भएकोले न्योचित मापदण्डको आधारमा समाजिक राजनैतिक शैक्षिक रूपले समुदायको वास्तविक जनंसख्या र अवस्थाको संकलन होस भन्ने विभागमा मांग राखेका छन। ७७ वटै जिल्लामा वसोवास रहेका
इस्लाम धर्मावलम्बी मुस्लिम समुदाय नेपाल को जनगणना २०६८ अनुसार कुल जनसंख्याको ४.४ प्रतिशत छन।
सम्पर्क भाषाको रुपमा उर्दू भाषा प्रयोग गरिने यो समुदायको रौतहट कपिलवस्तु बाँके सुनसरी रूपेन्देहि बारा पर्सा जिल्लामा घना बस्ती छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter