सोलुखुम्बु, ३१ भदौ खुम्बु क्षेत्रको मौसम प्रतिकूल हुँदा खुम्बु आउने अधिकांश पर्यटक गन्तव्य परिवर्तन (ड्राइभर्ट) हुने सम्भावना बढेको छ । काठमाडाँैबाट लुक्ला उडानकोे पर्खाइमा बसेका पर्यटक हवाईसेवा प्रभावित हुने बित्तिकै अन्नपूर्ण पदमार्गतर्फ जाने पर्यटन व्यवसायीले बताएका छन् । सगरमाथा क्षेत्रको भ्रमण तालिका बनाएर आएका उनीहरुले खुम्बुको विकल्पका रुपमा अन्नपूर्ण क्षेत्रलाई रोज्ने गरेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । उहाँका अनुसार चार दिनसम्म लुक्लामा कुनै पनि उडान नहुँदा करीब ९०० को हाराहारीमा खुम्बु आउने पर्यटक अन्य पदमार्गतर्फ लागेका छन् । लुक्लाको उडान रद्द भएपछि पर्यटकसमेत अन्नपूर्ण क्षेत्र जाने गरी गन्तव्य परिवर्तन गर्ने गरेका टे«ेकिङ एजेन्सिज एशोशिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले बताउनुभयो । विदेशी पर्यटकको हवाईमार्गमा चाप अत्यधिक भए पनि मौसम प्रतिकूल हुँदा समस्या भएको स्काई नेपाल ट्रेक्स प्रालि काठमाडाँैका निर्देशक बलबहादुर दर्नालले बताउनुभयो । खुम्बु आउने एक मात्र सहज माध्यम मानिएको हवाईसेवा नै हो । हवाईसेवा नै प्रभावित हँुदा जिल्लाको पर्यटन क्षेत्रमा ठूलो असर परेको पर्यटन व्यवसायीको भनाइ छ । लुक्लाका होटल भरिभराउ मौसम प्रतिकूल भई उडान नहुँदा लुक्लाका होटल खचाखच भरिएका छन् । भ्रमणको निश्चित समय सकेर माथिल्लो क्षेत्रबाट फर्केका पर्यटक उडान नहुँदा लुक्लामै बसेका छन् । विगत चार दिनदेखि मौसम प्रतिकूल बन्दा कुनै पनि उडान तथा अवतरण हुननसकेका नागरिक उड्डयन प्राधिकरण लुक्लाका वरिष्ठ अधिकृत रोहित कर्णले जानकारी दिनुभयो । होटल व्यवसायी जाङमु शेर्पाका अनुसार अहिले लुक्लामा ४०० भन्दा बढी पर्यटक काठमाडौँ जानका लागि विमानको पर्खाइमा छन् । खुम्बुको माथिल्लो क्षेत्रको भ्रमण सकेर फर्केका पर्यटक लुक्लामा विमानको पखाईमा बसेका हुन् । केही दिन उडान नभए मूल्यसमेत बढ्ने हवाईसेवा अवरुद्ध हुँदा खुम्बु क्षेत्रमा खाद्यान्नको भाउ बढ्ने सम्भावना बढेको स्थानीयवासीले बताएका छन् । खुम्बु क्षेत्रमा ढुवानी हुँदै आएको कार्गो सेवासमेत मौसमका कारण बन्द भएपछि दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न सक्ने पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । हवाईसेवा अवरुद्ध हुँदा ढुवानी बन्द हुने र ढुवानी भएका खाद्यान्नसमेत सकिँदै जाने भएकाले मूल्य बढ्ने उहाँको भनाइ छ । मजदूरलाई खर्च अभाव मौसम प्रतिकूल भई उडान नभएपछि रोजगारीको खोजीमा खुम्बु पुगेका मजदूरलाई समेत समस्या भएको छ । जिल्लाको तल्लो क्षेत्रबाट कामको सिलसिलामा खुम्बु पुगेका अधिकांश युवा पर्यटक नआएपछि त्यत्तिकै बस्न बाध्य छन् । रोजगारीको खोजी गर्दै लुक्ला पुग्नुभएका महाकुलुङका लक्ष्मण खालिङका अनुसार पर्यटकको पर्खाइमा सयाँै युवा लुक्लामा बसेका छन् । पर्यटकीय सिजन शुरु भएसँगै कामको खोजीमा खुम्बु पुगेकाहरु मौसम प्रतिकूलताका कारण समस्यामा परेको बताउँछन् । कोठामै बसेर खाँदा खर्चसमेत सकिसकेको अर्का मजदूर मनकुमार राईले बताउनुभयो । जिल्लाको तल्लो क्षेत्रका स्थानीय यो सिजनमा पर्यटक भरिया, सहयोगी, सिकर्मी, डकर्मीका रूपमा खुम्बु क्षेत्र जाने प्रचलन छ । उनीहरु महत्वपूर्ण चाड दशैँतिहारमा समेत खुम्बु क्षेत्रमै पर्यटकसँग रमाउने गर्छन् ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू