हेटौँडा, २२ भदौ लोपोन्मुख जाति समुदायको रूपमा रहेको चेपाङ समुदायको महान् चाड छोनाम न्वागी आज चेपाङ जातिको उद्गमस्थल मकवानपुरमा धुमधामसँग मनाइँदैछ । यस पर्वका अवसरमा यहाँको एक चेपाङ बाहुल्य स्थानीय तहमा स्थानीय सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चेपाङ जातिको उद्गम क्षेत्र मानिएको मकवानपुरको राक्सिराङ गाउँपालिकामा चेपाङको सबैभन्दा ठूलो र महान् पर्व छोनाम न्वागीको दिन गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले विज्ञप्ति जारी गर्दै भदौ २२ गते न्वागीको सार्वजनिक बिदा दिइएको बताउनुभयो । विज्ञप्तिमार्फत उहाँले न्वागीका अवसरमा शुभकामनासमेत व्यक्त गर्नुभएको छ । न्वागीकै अवसरमा आइतबार राक्सिराङको चैनपुरमा विशेष कार्यक्रम न्वागी उत्सव गरिने नेपाल चेपाङ सङ्घ मकवानपुरले जनाएको छ । सङ्घीयता कार्यान्वयनसँगै चेपाङ समुदायले राक्सिराङ गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गरी सरकारले विशेष कार्यक्रम चलाउनुपर्ने भन्दै आवाज उठाइरहेको छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू