धनगढी, १९ भदौ धनगढी उपमहानगरपालिकाको चटकपुर क्षेत्रबाट चार थान पेस्तोलसहित तीन जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र कैलाली जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार साँझ चटकपुरको एक घरबाट पेस्तोल र सुनका गहनासहित उनीहरूलाई पक्राउ गरेको हो । उक्त कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले उनीहरू पक्राउ भएको स्वीकार गरेपनि थप विवरण दिन नमिल्ने बताउनुभयो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू